वडा सदस्य,ठेकेदार र सुपरभाइजरकाेमिलेमतोमा अपहरण:-शरिर बन्धक सम्बन्धी कसूरका आरोपितहरू पक्राउ

  •   पाेखरा
  •   १२ भाद्र २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

वडा सदस्य ,ठेकेदार र सुपरभाइजरकाे मिलेमतोमा पाेखरा महानगरपालिका २३ बस्ने महादेव सापकाेटालाई अपहरण गरि बन्देक बनाई राखेकाे आरोपमा अपहरण तथा शरिर बन्धक सम्बन्धी कसूरका आरोपितहरू प्रहरीले पक्राउ गरेकाे हाे ।

भाद्र १२ गते ,पाेखरा
जिल्ला प्रहरी कार्यलय कास्किले अपरण तथा शरीर बन्धक सम्बन्धि कसुरका ३ अभियुक्तलाई  पक्राउ गरेकाे छ ।

पोखरा महानगरपालिका वडा नं.२३ बस्ने बर्ष २९ को महादेब सापकोटालाई कुटपिट गरि बन्धक बनाएकाे अभियाेगमा  २०७७ भाद्र ११ गते प्रहरी पक्राउ गरेकाे हाे ।
मिति २०७७ भाद्र ८  गते अन्दाजी १४:३० बजेको समयमा ऐ.ऐ. खहरेखोलामा रहेको निर्माणाधिन पुलबाट  महादेब सापकाेटालाई  नियन्त्रणमा लिई कुटपिट गरी निजको मोवाईल समेत खोसी अपहरण गरी बा १४ च ८२७९ नं.को कारमा राखेर वडा नं.२३ स्थित  वसन्त लामाकाे   फ्ल्याटमा थुनी राखी अपहरण तथा शरिर बन्धक सम्बन्धी कसुरकाे मुद्दामा अभियुक्त पक्राउ गरिएकाे हाे ।

 
पाेखरा महानगरपालिका २३ का निर्वाचित वडा सदस्य  भरतराज भण्डारी ,ठेकेदार वसन्त लामा र सुपर भाईजर टिकाराम भण्डारीकाे सम्लग्नतामा  सापकाेटालाई अपरण गरि राखिएकाे सुचनाका अाधारमा  मिति २०७७।०५।११ गते १३:०० बजेको समयमा प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय बैदाम समेतबाट प्रहरी परिचालित भई पिडित  पोखरा म.न.पा. २३ बस्ने  २९ बर्षका  महादेब सापकोटाको उद्धार गरी घटनामा संलग्न  व्यक्तिहरू र घटनामा प्रयोग भएको बा १४ च ८२७९ नम्बरको सेतो रंगको क्रेटा गाडी समेत बरामद गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको  जिल्ला प्रहरी कार्यालय कास्किका प्रहरी उपरिक्षक जीवन श्रेष्ठले जानकारि दिनु भयाे ।

पक्राउ परेका व्यक्तिहरुको विवरण

अभियुक्त नं.१
नाम : बसन्त लामा
उमेर : ४२ बर्ष
ठेगाना : जिल्ला काठमाडौं किर्तिपुर न.पा. वडा नं. ४
घर भई हाल कास्की पोखरा म.न.पा. वडा नं. २३
पेशा : ठेकेदार
शैक्षिक योग्यता : S.L.C. पास
पक्राउ मिति : २०७७।०५।११ गते ।
पक्राउ स्थान : जि.कास्की पोखरा म.न.पा. वडा नं.२३

अभियुक्त नं.२ नाम : भरतराज भण्डारी
उमेर : ४५ बर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २३
पेशा :  वडा सदस्य (पो.म.पा. २३ को निर्वाचित)
शैक्षिक योग्यता : S.L.C. पास
पक्राउ मिति : २०७७।०५।११ गते ।
पक्राउ स्थान : जि.कास्की पोखरा म.न.पा. वडा नं.२३

अभियुक्त नं.३
नाम : टिकाराम भण्डारी
उमेर : ४५ बर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २३
पेशा : सुपरभाईजर
शैक्षिक योग्यता : S.L.C. पास
पक्राउ मिति : २०७७।०५।११ गते ।
पक्राउ स्थान : जि.कास्की पोखरा म.न.पा. वडा नं.२३

अपहरण तथा शरिर बन्धक सम्बन्धी कसूर र संगठित अपराध मुद्धामा मिति २०७७/०५/११ गते देखि लागु हुने गरी कास्की जिल्ला अदालतबाट पहिलो पटक ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारि दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *