
ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणको लागि ‘लेजर स्पिड गन’ प्रयोगमा ल्याएपछि ग्वार्कोस्थित बी एन्ड बी हस्पिटल अगाडि चेकजाँच गरेर ओभर स्पिटमा रहेका धेरै सवारीसाधनलाई कारबाही गरेको र साथै कारबाहीमा पर्ने अधिकांश मोटरसाइकल चालक रहेको ट्राफिक प्रमुख जनक भट्टराईले बताउनुभयो ।
कोटेश्वर कलंकी सडकखण्डमा सवारी चालकको लापरबाहीले धेरै दुर्घटना हुनेगरेकोले महानगरिय ट्राफिक प्रहरी महाशाखाले केहि दिनदेखि ‘लेजर स्पिड गन’ मार्फत सवारीसाधनको गति मापन गर्दै आएको छ ।
‘लेजर स्पिड गन’ मार्फत सवारीसाधनको गति मापन गर्ने र निर्धारितभन्दा तीव्र गतिमा कुदेका सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गर्नुका साथै सडक दुर्घटना हुने ट्राफिक प्रमुख जनक भट्टराईले बताउनुभयो ।