लुम्बिनी प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक विक आएसंगै ट्राफिक प्रहरी (डमि) राख्ने कार्य सुुुरू

  •   काभ्रे
  •   २९ आश्विन २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

लुम्बिनी प्रदेश ट्राफिक  प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिक आएसंगै ट्राफिक प्रहरी (डमि) राख्ने कार्य सुुुरू गर्नु भएकाे छ।
रूपन्देही भैरवाकाे बुद्ध चाेक ,बर्मलीचाेक ,देवकाेटा चाेक र मिलन चाेकमा काल्पनिक ट्राफिक प्रहरी (डमी) बनाएर राखिएकाे छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले  सचेतना अभिवृद्धिको लागि विभिन्न जनचेतनामूलक कार्यक्रम लगायत  सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दुर्घटना न्यूनिकरण गर्नका लागि लुम्बिनी प्रदेश  ट्राफिक प्रहरीले बुटवलका विभिन्न स्थानका सडकको छेउमा ३-४ वटा काल्पनिक ट्राफिक प्रहरी (डमी) बनाएर राखेको छ ।

डमीको हातमा ट्राफिक नियम उल्लङ्घन गरेमा रू. ५०० देखि १०,००० सम्म जरिवाना हुने जानकारी लेखिएको बोर्ड पनि देख्न सकिन्छ । टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने लुम्बिनी प्रदेश ट्राफिक  प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले जानकारी दिए ।

नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने ढकालले बताए । उनले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने विश्वास लिएका छन् ।

उक्त ट्राफिक डमीहरू लुम्बिनी प्रदेश ट्राफिकको   पहलमा ती डमीहरू  राखिएका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले  विभिन्न सडकखण्डमा कोरोना संक्रमणबाट जोगिने उपायहरू लेखिएका २० वटा फ्लेक्स बोर्डहरू पनि राखेको छ । उक्त बोर्डमा सकेसम्म सामाजिक दुरी कायम राखौँ, कोरोना विरूद्धको स्वास्थ्य मापदण्ड सधै पालना गरौँ, जोर विजोर नियमको पालना गरौँ, सधै मास्क लगाएर हिडौँ, अनावश्यक हिड्डुल नगरौँ, ट्राफिक नियमको पालना गरौँ जस्ता सन्देशहरू उक्त बोर्डमा लेखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *