लुटपाट पश्चात् हत्या गरी फरार व्यक्तिहरु पक्राउ/ अपराध महाशाखा

  •   काभ्रे
  •   २७ आश्विन २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

” लुटपाट पश्चात् हत्या गरी फरार व्यक्तिहरुलाई पक्राउ  गरेकाे छ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मृतक चन्द्र बहादुर याेञ्जन (लामा)काे हत्यारा हरूलाई काठमाडौंकाे  विभिन्न स्थानबाट पक्राउ गरेकाे हाे ।

रामेछाप जिल्ला सोनापती गाउँपालिका-३,  स्थायी घर भई हाल  जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं.-८ सुडाल बस्ने ६१ वर्षको चन्द्र बहादुर योञ्जन (लामा) को पसलमा २०७७ असाेज २१ गते  आएका दुई जना अपरीचित व्यक्तिहरुले वियर समेत सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाई  लामा योञ्जनलाई जग्गा हेर्न भनी पसल भन्दा १ कि.मी. पर विडोलफाँट  रहेको धानखेतमा लगी कुटपिट गरी निजको साथमा रहेको सुनको ब्रासलेट तथा मोवाईल समेत लुटी  फरार भएका थिए  । मृतक चन्द्र याेञ्जनको उपचारको क्रममा ग्रीनसिटी अस्पताल बसुन्धरामा मृत्यू भएको थियाे ।  घटनामा संलग्न व्यक्तिहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले  काठमाण्डौंका विभिन्न स्थानबाट   शेर्पा भन्ने कामी लामा,रमेश तामाङ (ज्वाला तामाङ,) र प्रेम तामाङलाई पक्राउ गरि थप अनुसन्धान अघि बढाएकाे एस्पि दिपक थापाले बताउनु भयाे।

Slide
Hamro bikash
1599843844546
Janasubida
 
Hamro bikash
1599843844546
Janasubida
previous arrow
next arrow

अनुसन्धान विवरण

अनुसन्धानको क्रममा शेर्पा भन्ने कामी लामा समेतले मृतकसँग रकम लिन बाँकी रहेको र मृतकले रकम दिन आनाकानी गरेको कारण मृतक चन्द्र बहादुर योञ्जन लामालाई कुटपीट गरेर भए पनि रकम असुल्नको लागी रमेश तामाङ्गलाई बोलाई मिति २०७७/६/१८ गते काठमाण्डौ नयाँबस्तीमा शेर्पा भन्ने कामी लामा र रमेश तामाङ्ग लगायतका व्यक्तिहरू बसी मृतकको घर पहिचान गरि योजना बनाएको । योजना मुताविक मिति २०७७/६/२१ गते रमेश तामाङ्ग र प्रेम तामाङ्ग बा.९६ प. ७११४ नं.को बजाज Pulsar NS 200 मोटरसाईकलमा भक्तपुर सुडाल तर्फ गई कामी लामा समेतलाई भेटी  मृतकको पसलमा गई वियर सेवन गरी आफन्तलाई जग्गा चाहिएको कुरा गरेको र मृतकसँग जग्गा बिक्रीबाट आउने फाईदा बाड्नुपर्छ भनी प्रलोभन तथा बहाना बनाई जग्गा हेर्ने बहानामा विडोलफाँट तर्फ गएको ।  एकान्तमा रहेको धानखेतमा निजहरूले मृतकलाई अनुहार, छाती र पेटको भागमा हात र खुट्टाले कुटपिट गरी घाईते बनाई निजको साथमा रहेको सुनको ब्रासलेट   (२ तोला २ लाल) तथा मोवाईल लुटी मोटरसाईकलमा फरार रहेकोमा उपचारको क्रममा चन्द्र बहादुर योञ्जनको ग्रीनसिटी अस्पातालमा मिति २०७७/६/२२ गते बिहान  ५:०० बजे मृत्यू भएको ।

पक्राउ अभियुक्तहरु :

१, नाम      :  शेर्पा भन्ने कामी लामा
    उमेर     :   ३७ वर्ष
    ठेगाना   :  जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-२,
                   लेखर्क घर भई हाल काठमाण्डौं थली बस्ने

२, नाम       :  रमेश तामाङ (ज्वाला तामाङ)
    उमेर      :   २३ वर्ष
    ठेगाना    :  जिल्ला सिन्धुपाल्चोक चौतारा बतासे न.पा.-२
                   (हाल का.म.पा- ७, बौद्द )
   
३, नाम        :  प्रेम तामाङ
    उमेर       :  २७ वर्ष
    ठेगाना     :  जिल्ला रामेछाप धोवि गाउँपालिका-५ (हाल का.म.पा- ७
                               बौद्द) 
बरामद सामानहरु:
 घटनामा प्रयोग भएको बा.९६ प. ७११४ को बजाज Pulsar NS 200
   मोटरसाईकल
मृतकले प्रयोग गर्ने itel ब्राण्डको मोबाईल फोन
सुन बिक्रिबाट प्राप्त रकम रू. १,५५,०००/- मध्य रू. ५४,६००/-
ROX लेखिएको हेल्मेट
गालेको सुन (१ तोला २ लाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *