
लागु औषध सहित मानिस पक्राउ
ललितपुर जिल्ला गाेदावरी नगरपालिका वडा नम्बर ३ नाैधाराबाट लागू अाैषध सहित प्रहरीले प्रकाउ गरेकाे छ।
२०७८ जेठ२१ गते ललितपुर जिल्ला गोदावरी न. पा. वडा नं.३ नौधारा नजिक सडक खण्डबाट प्रशन्न राज महर्जन र हाईड्रोङ उर्फ कृष्ण गुप्ता भन्ने कृष्ण कुमार बि.क.पक्राउ परी लागु औषध सम्बन्धी कसुर मुद्धामा म्याद थप भई अनुसन्धान कार्य जारी रहेकोमा प्रहरीले बताएकाे छ ।

थप अनुसन्धानको क्रममा प्रहरी निरिक्षककाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले मिति २०७८जेठ२५ गते ललितपुरको बालकुमारी ,ग्वार्को र चापागाउ दोवाटो वडा एरियाबाट शक्तिलाल साहु, राजकुमार साह र रुपेश बादिकार समेतको साथबाट Diazelab (डाईजाल्याब) एम्पुल ५९ थान, Noophin (नुफिन) एम्पुल ६२ थान, Phenergan (फेनारगन) एम्पुल ५९ थान बरामद तथा पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताउनु भयाे ।