लागुऔषध सहित दुई जना पक्राउ

  •   सुनसरी
  •   १६ आश्विन २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

लागुऔषध सहित दुई जना पक्राउ

सुनसरी,असोज-१६ गते

सुनसरी धरान-१ पुरानो बजार स्थितबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा २३ बर्षीय गणेश राउत र ४३ बर्षीय निरज भट्टराई रहेका छन । विशेष सुराकका आधारमा हिजो राती पौने ९ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई उनिहरुकै कोठाबाट नियन्त्रणमा लिएको हो ।
नियन्त्रण पश्चात उनिहरुको कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखीएको २० बोतल डाइलेक्सडिसी, ३०६ क्याप्सुल स्पामो टोक्सिभन , ४ क्याप्सुल नाईट्रोजन र नगद ९७ हजार रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका दुबै जना सोही स्थानमा कोठा भाँडा लिएर बस्दै आएको खुल्न आएको छ । उनिहरु उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *