ललितपुरमा घर फोडेर ४० लाख रुपैयाँ बराबरको धनमाल चोरेको आरोपमा दुई जना पक्राउ

  •   काभ्रे
  •   २१ बैशाख २०७९, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

ललितपुरको सानेपास्थित एक घर फोडेर ४० लाख रुपैयाँ बराबरको धनमाल चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चोरीको सामान खरिद गर्नेसमेत रहेका छन् ।

प्रहरीले ललितपुर महानगरपालिका- २ का ३२ वर्षीय नारायण श्रेष्ठ र खोटाङको कापियागढी गाउँपालिका- २ स्थायी घर भई काठमाडौंको बानियाँटार बस्ने ३१ वर्षीय सौराज गजमेरलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर ललितपुरका का प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले बताउनु भयाे ।

श्रेष्ठले चोरी भएको सामान गजमेरलाई बिक्री गरेको प्रहरीको दावी छ । गरगहना, नगदसहित विभिन्न धनमाल श्रेष्ठले चोरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट चाँदीका बाला तथा सिक्काहरु ९५ तोला, सुनका गरगहनाहरु तीन तोला र २५ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published.