
ललितपुरको चाँगाथलीमा मृत भेटिए दम्पती
ललितपुरकाे चाँगाथलीमा दम्पती मृत भेटिएका छन ।
ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ७ चाँगाथली स्थित रमेश खड्काकाे घरमा २०७७ माघ ५ गते ३२ वर्षकाे सागर पाखरेल र उनकाे श्रीमती २० वर्षकी निर्मला खनाल (पाेखरेल ) भित्रबाट चुकुल लगाई मृत अवस्थामा फेला परेका महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरिक्षक प्रज्वल महर्जनले जानकारी गराउनु भयाे ।
सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं ३ स्थायी घर भएका पाेखरेल दम्पति खड्काकाे घरकाे भुई तलामा फ्ल्याट भाडामा लिई बस्दै अाएका थिए ।
महानगरीय प्रहरी वृत सातदोबाटोबाट प्रहरी अधिकृत समेतको टोली घटना स्थलमा खटि गई घटनास्थल लाशजाँच प्रकृती मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलमा सेल्फस नामक बिषादीको खाली २ बट्टा र बान्ता गरेको जस्तो देखिने पदार्थ समेत फेलापारीएकाेले थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता प्रहरी उपरिक्षक महर्जनले बताउनु भयाे ।
- दुई हप्ताकाे तालिमले नेपाली ब्राे बने अन्तर्राष्ट्रिय रेस्लिङ विजयी
- अन्तर्राष्ट्रिय कल वाईपास (VOIP)मा संलग्न २ जना पक्राउ
- सागर शर्माकाे नयाँ लोक कोसेली ‘लम्जुङ्ग भोटेवोडार’ बोलको गीत सार्वजनिक (भिडियाे सहित)
- कोरोना संक्रमण विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्की,सामुदायिक प्रहरी सेवा केन्द्र र समन्वय समितिकाे आयोजनामा जनचेतनामुलक कार्यक्रम
- प्रहरी हवल्दार तथा जवान लक्षित सिपविकास “House Wiring” तालिम सम्पन्न