लकडाउन प्रभावकारी बनाउने गृह मन्त्रालयकाे नंया मापदण्ड

  •   काभ्रे
  •   ६ असार २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

असार ६ गते शनिबार काठमाडौं
शुक्रबार बसेकाे गृह मन्त्रालयकाे बैठकले  राति १० बजेदेखि बिहान ५ बजेसम्म पैदल हिँड्न रोक लगाएको छ। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा गृहले शुक्रबार बन्दाबन्दीसम्बन्धी सुरक्षा मापदण्ड जारी गरी राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक पैदल हिँड्न रोक लगाएको हो। उक्त समयमा अत्यावश्यक कामबाहेक ओहोरदोहोर गर्नेलाई प्रहरीले पक्राउ गर्नेछ। उक्त समयमा अत्यावश्यकबाहेकका सवारीसाधन आवागमनमा पनि रोक लगाइएको छ। 


गृहका सूचना अधिकारी उमाकान्त अधिकारीले मापदण्डमा प्रशासनिक कार्य, ओहोरदोहोर तथा काम गर्दा अपनाउनुपर्ने सावधानीलगायत विषय तोकिएको जानकारी दिए। ‘यस्तो नियम बन्दाबन्दीलाई सहज बनाउन ल्याइएको हो,’ उनले भने।सामाजिक दूरी कायम गर्ने, कार्यालय वा अन्य ठाउँमा काम गर्दा एकअर्काबीच दुई मिटर दूरी कायम गर्नुपर्ने, स्वास्थ्य मन्त्रालयले जारी गरेको सुरक्षा निर्देशन पालना गर्ने, अनावश्यक भीड सिर्जना नगर्ने, १५ जनाभन्दा बढी भेला हुन नपाउने, सांस्कृतिक र परम्परागत पर्व मनाउँदा ख्याल गर्नुपर्नेलगायतका पक्षमापदण्डमा समेटिएका छन्।
मापदण्डअनुसार सुरक्षाकर्मी परिचालन र संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकतामा राखिएको छ। त्यस्तै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई संक्रमण फैलन नदिने तरिकाले व्यवस्थापन गर्न आग्रह गरिएको छ। जुन जिल्लामा संक्रमित देखिएको छ, सोही जिल्लाको टोलीले नै संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने भनिएको छ। अति भीड हुने कार्यालयका काम बिहान र बेलुकीको सिफ्टमा विभाजन गरी सञ्चालन गर्न आग्रह गरिएको छ। लकडाउनका बेला नखोल्दा पनि फरक नपर्ने कार्यालयलाई बन्द गर्न भनिएको छ। ‘आआफ्नो काम गर्दा सावधानी र सुरक्षा आफै अपनाउँदा राम्रो हुन्छ,’ गृह प्रवक्ता शर्माले भने, ‘गृहले तोकेको मापदण्ड मानेर कामकाज सुरु गरौं।’

यस्तो छ नया सुरक्षा मापदण्ड:-

१. कोभिड १९ को संक्रमण कायमै रहेकाले सबै नागरिकले स्वास्थ्यमा उच्च सतर्कता अपनाएर मात्र आफ्नो नियमित कामकारबाही सञ्चालन गर्ने,
२.अत्यावश्यक कामबाहेक आफू रहेको आवास र कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्ने,
३.आवतजावत गर्दा वा कार्यस्थलमा कार्यरत रहँदा न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गर्ने,
४.तोकिएको वस्तु वा सेवाको कारोबार गर्दा सेवा प्रवाह एवं आवतजावत लगायतका कार्यमा संलग्न रहने व्यक्तिहरुले अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र स्यानिटाइजर साथमा राख्ने,
५. अनुमति प्राप्त अन्तर्राष्ट्रिय नाकाबाट प्रवेश गर्ने सबै व्यक्तिले न्यूनतम २ मिटरको सामाजिक दूरी कामय गर्ने, तोकिएको वा भारतबाहेकका अन्य मुलुकबाट नेपाल प्रवेश गर्ने व्यक्तिको हकमा स्वेच्छिक क्वारेन्टिन वा होटलमा सार्वजनिक शान्ति र सुव्यवस्थासमेत पालना गरी बस्नुपर्ने, बस्दा समेत तोकिएको सामाजिक दूरी कायम गर्नु–गराउनु पर्ने,
६. विवाह, व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजापाठलगायतका सामाजिक तथा सांस्कृतिक कार्यक्रम गर्नैपर्ने भए तोकिएको सामाजिक दूरी कायम गरेर १५ जनाभन्दा बढी आगन्तुक भेला हुन नपाउने,
७.अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न पूर्णतः निषेध गर्ने,
८.मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारका सवारीसाधनले चालक, सहचालकबाहेक अन्य कुनै पनि यात्रु ओसारपसार गर्न नपाउने,
९.उत्पादनमूलक क्रियाकलापमा, उद्योग कलकारखाना, भौतिक पूर्वाधार निर्माण, विकास निर्माणजस्ता क्रियाकलाप सञ्चालन गर्दा एकपटकमा एक ठाउँमा १० जनाभन्दा बढी व्यक्ति जम्मा हुन नपाउने,
१०. ज्येष्ठ नागरिक, दीर्घरोगी, सुत्केरी, गर्भवती, १० वर्षभन्दा कम उमेरका बालबालिका र अशक्तलाई अत्यावश्यक तथा स्वास्थ्य प्रयोजनबाहेक आफ्नै घरमा रहन प्रोत्साहन गर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *