लकडाउनमा तस्करी घुमुवा परिचालन गरि सशस्त्रको असुली

  •   काभ्रे
  •   २८ बैशाख २०७८, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

लकडाउनमा तस्करी घुमुवा परिचालन गरि सशस्त्रको असुली

सिराहा

देशमा काेरना कहरकाे अातंक छ । बिरामी परेका जनताले उपचार नपाएर मर्नु परिरहेको छ। अक्सिजनकाे हाहाकार छ। देशमा सरकार छ छैन जनताले महसुस गर्न पाएका छैनन् । यस्तो अवस्थामा पनि सशस्त्र प्रहरीका केही अधिकृतहरू भने तस्करी गराएर घुमुवा परिचालन गरि रकम असुलीमा नै व्यस्त रहेका छन् ।

यसको ज्वलन्त उदाहरण सिराहाकाे बडहरी स्थित बेशक्याम्पकाे असुली धन्दाले उजागर गरेको छ।उक्त वेशक्याम्पका निरीक्षक सुर्य प्रसाद धमलाले दुई जना सिपाही परिचालन गरि रकम असुली गरिरहेका छन् । उनलेे रवीन्द्र बराल र भरत महत्ताेलाई परिचालन गरेर असुली गरिरहेका छन् । बडहरीबाट लाहान जाने ना ३ ख ३१३२ र ८४६२ नम्बरको बसमा लाखौंको रजनीगन्धा , खानेतेल चिनी , सूर्ति , दाल लगायतका सामानको तस्करी हुदै अाएकाे छ।

निरीक्षकले रन्जित यादवलाई तस्करीको लाइन दिएका छन् । त्यही तस्करीको सामान उक्त बसबाट अाेसारिने गरिन्छ । भारतबाट नेपाल तर्फभने अशोक यादवले कपडाको , रमेश यादवले एल्वेस्टरकाे तस्करीको लाइन पाएका छन् । त्यसैगरी नेपालबाट भारत तर्फ लक्षमण यादव र महाराजजीकाे डिजेल तस्करी सशस्त्रको संरक्षणमा भैरहेको छ। दिपु यादव र गंगाराम यादवलाई सशस्त्र प्रहरीले ठूलो रक्सी तस्करीको लाइन दिएका छन् ।

चाइनिज स्याउकाे तस्करीको लाइन सन्तोष यादव र छेदी यादवले पाएका छन् । यो तस्करीको समुहले मासिक दस लाख रूपैयाँ दिएर तस्करीको लाइन पाएकाे समेत उजागर भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *