
रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता भएका छन् । काभ्रेपलान्चोक जिल्ला रोशी गाउँपालिका वडा नं १ फलामेसाँघु स्थित रोशी खोलाले बगाएर नमोबुद्ध नगरपालिकाका वडा नं ९ का अन्दाजी ४७/४८ वर्षीय ज्ञान बहादुर लामा बेपत्ता भएको प्रहरीले बताएको छ
भैँसी चराएर घर फर्कने क्रममा श्रावण ४ गते साझकाे समयमा लामा र उनको एक वटा भैँसीलाई बगाएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयाे ।
प्रहरी चाैकि खहरेपागुका प्रहरी सहायक निरिक्षककाे कमाण्डमा रहेकाे टोली उक्त खबर प्राप्त हुनासाथ उनीहरुको खोजी तथा उद्दारको लागि घटनास्थलमा पुगेकाे तर हालसम्म फेला नपरेकाे प्रहरीले जनाएकाे छ।