लागु औषध चरेश सहित २ जना महिला रविभवनवाट पक्राउ । रिता खड्का र अमृता तामाङ्गको साथवाट कोठावाट वरामद हुन आएको लागु औषध ६ के.जि.८१६ ग्राम लागु औषध चरेश,नेपाली नगद रु.६लाख ६२हजार। र किप्याड मोवाईल थान २

विशेष सुचनाकाे अाधारमा काठमाडौं महानगरपालिका वडा नं १३ रविभवन स्थित लागू अाैषधकाे काराेबार गर्ने २ जना महिलालाई प्रहरीले पक्राउ गरेकाे छ ।
मिति २०७७।१०।१२ गते दिउसो रविभवनमा लागु औषधको कारोवार गरी रहेका छन भन्ने सुचनाका आधारमा उक्त स्थानमा खटी गई हेर्दा सोधपुछ पश्चात नामथर वतन खुल्न आएका काठमाण्डौ जिल्ला दक्षिणकाली न.पा.वडा न.७ घर .चन्द्रागिरी न.पा.वडा न.१ वलम्वु वस्ने वर्ष ३७ की रिता खड्का र धादिङ्ग जिल्ला थाक्रे गाउपालिका वडा न.९ घर भई वस्ने वर्ष २९ की अमृता तामाङ्गलाई शंकास्पद रुपमा फेला पारी निजहरुलाई खानतलासी गर्दा रिता खड्काले बोकेको व्यागमा लागु औषध चरेश ३१२ ग्राम । नोकिया किप्याड मोवाईल थान १ फेला परेको र निज सँगै भएकी अमृता तामाङ्गलाई खानतलासी गर्दा निजले बोकेको व्यागवाट लागु औषध चरेश ४०४ ग्राम र लाभा कम्पनीको किप्याड मोवाईल थान १ र नेपाली नगर रु.५,०००। वरामद गरि निजहरुलाई नियन्त्रणमा लिईएको कालिमाटि प्रहरी परिसरका प्रवक्ता डिएसपि अपिल बाेहाेराले जानकारी गराउनु भयाे ।

प्रारम्भिक अनुसन्धानका क्रममा सोधपुछ गर्दा निजहरुले आफुहरु दुवै जना का.जि.चन्द्रागिरी न.पा.वडा न.१ वलम्वुमा डेरा कोठा लिई वस्दै आएको हुँदा निजहरुलाई समेत साथमा लिई निजहरु वस्दै आएको डेरा कोठा खानतलासी गर्ने क्रममा पक्राउ मध्येका रिता खड्काको डेरा कोठामा केही नभेटिएको र अमृता तामाङ्गको डेरा कोठामा आफु सुत्ने खाट मुनि लुकाई छिपाई राखेको अवस्थामा लागु औषध चरेश ६ केजी ९० ग्राम र नेपाली विभिन्न दरका नोटहरु गरी जम्मा नेपाली नगद रु.६लाख ५७हजार वरामद भएकाे हाे ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश