
विपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका ११ बढुबेसिमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।
काठमाडौँ बाट भारततर्फ तीर्थयात्री लिएर जादै गरेको भारतीय नंवर प्लेटको यात्रुवाहक UP58T8181 नंवरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको ना १ ज ४२१० नंवरको टाटासुमो एक आपसमा जुधेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी १ बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एव सुचना अधिकारी डिएसपी हरि खतिवडाले बताएका छन ।
अहिले घटनाका घाइतेहरुलाई उद्धार गरी धुलिखेल अस्पताल ल्याउने क्रम चलिरहेको छ । धुलिखेल अस्पतालमा २३ जनालाई ल्याइएकोमा ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाको अनुसन्धान अगाडि बढाईएकाे जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएकाे छ ।