
काभ्रेपलान्चोक जिल्ला राेशी गाँउपालिका ९ पलाञ्चेमा चट्याङ लागि एक जनाकाे मृत्यु भएकाे छ ।
जेठ २ गते दिउसाे अन्दाजी २ :३०काे समयमा परेकाे चट्याङले १६ वर्षिया साजनी लुङ्गेलीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी एवं प्रवक्ता डिएस्पी हरि खतिवडाले बताउनु भयाे ।
लुङ्गेलि घर नजिक बारीबाट घर फर्कने क्रममा अचानक चट्याङ लागि घाईते भई उपचारको लागि भकुण्डे स्थानिय मेडिकलमा ल्याउनसाथ मृत्यु भएको प्रहरी बताएको छ ।