
राष्ट्रिय भावनाले ओतप्रोत गीत “मन मनमा नेपाली” बोलको गीत सार्बजनिक भएको छ । पुरुषोत्तम ढकालको शब्दमा रचित राष्ट्र प्रेमी गीत “मन मनमा नेपाली” मा सुरज कुमार थापा र बानिका प्रधानको सुमधुर स्वर रहेको छ । सुरज कुमार थापाले यस गीतमा संगीत तथा संगीत संयोजन गरेका हुन् ।
नितिन चन्दको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा धिरेन शाक्य ,रिना थापा मगरसँगै गायक गायीका सुरज कुमार थापा तथा बानिका प्रधानलाई देख्न सकिन्छ । गीतमा नृत्य निर्देशन भगिरथ गह मगरले गरेका हुन् । यस गीतको भिडियोमा नेपालका विभिन्न स्थानका सुन्दर प्राकृतिक तथा सांस्कृतिक दृष्यहरुलाई देखाइएको छ ।
दिपक जोशिको छायांकन रहेको उक्त गीतलाई सदिश जोशिले सम्पादन गरेका हुन् । उक्तमा रंग संयोजन संगीत बानियाँले गरेका हुन् ।