

राष्ट्रिय संगीतकर्मी संघकाे भित्ते पात्राे विमाेचन
राष्ट्रिय संगीतकर्मी संघ केन्द्रले प्रकाशन गरेकाे २०७९ सालको भित्ते पात्राे विमाेचन भएको छ ।
नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालकाे प्रमुख अातिथ्यतामा भित्ते पात्राे विमाेचन गरिएको हाे । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजनामा भित्ते पात्रो विमाेचन तथा नयाँ बर्ष २०७९ सालको शुभकामना आदन प्रदान कार्यक्रममा महानायक हमालले नेपाली कलाक्षेत्रका बारे धारणा राखेका थिए ।
कार्यक्रममा सांगीतिक संघ तथा साधना कलाकेन्द्रका अध्यक्ष मिलन मोक्तान, जनसाँस्कृतिक संघका अध्यक्ष बैकुण्ठ मतह, प्राबिधिक संघका पूर्व अध्यक्ष मनोज केसी, गीतकार तथा चलचित्र बिकाश बोर्ड सदस्य मिनसागर लामा, लोकदोहोरी सम्राट राजु परियार, बरिष्ठ गायक यम बराल, टिका पून लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी संघका निवर्तमान अध्यक्ष राजेन्द्र कुमार कार्की, चलचित्र निर्देशक रोशन हमाल ठकुरी, संस्थाका संस्थापक महासचिव ऋषि अधिकारी, निवर्तमान वरिष्ठ, उपाध्यक्ष नमराज ढुड्गाना, संचारकर्मी राजु बोहोरा, डब्बु क्षेत्री, सरिता भारति, कलाकार/निर्देशक अमरकृष्ण चन्दकाे समुपस्थिति कार्यक्रममा रहेकाे थियोे ।
संघका केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, राजधानि बिशेष समिति, बिदेश बिभाग, आजिबन तथा साधारण सदस्य, जिल्ला अध्यक्ष तथा पदाधिकारी सम्मिलित विमाेचन कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष बिक्रमजंग शाहले महानायक राजेश हमाललाई संस्थाकाे तर्फबाट सम्मान गरेका थिए ।
केन्द्रीय अध्यक्ष बिक्रम जंग शाहकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका उप महासचिव जीवन परियारले संचालन गरेका थिए ।
भित्ते पात्राे विमाेचन पश्चात् संस्थाका केन्द्रीय अध्यक्ष बिक्रम जंग शाहकाे शुभ जन्माेत्सव पनि साेही कार्यक्रममा मनाइएको थियोे । कार्यक्रममा शाहलाई शुभकामना दिनेकाे भीड थियोे ।