राष्ट्रिय संगितकर्मी स्याङ्जाकाे नेतृत्वमा रेग्मि

  •   काभ्रे
  •   ३० मंसिर २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

राष्ट्रिय संगितकर्मी संघ स्याङ्जाको दाेस्राे अधिवेशन भव्यताका साथ सम्पन्न भयाे ।
राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद गाैतमकाे प्रमुख अातिथ्यतामा सम्पन्न अधिवेशनले सुरज रेग्मीलाई नेतृत्व सुम्पेको छ ।

कार्यक्रममा सम्बाेधन गर्दै प्रदेश अध्यक्ष गाैतमले कलाकारहरु अाफ्नाे हक अधिकारकाे लागि एक हुनुपर्ने बताए । गाैतमले संस्थामा राजनीति गर्न नमिल्ने बताउँदै संस्थाकाे उद्देश्य प्राप्तिका लागि सबैले अा अाफ्नाे ठाउँबाट अघि बढ्न अावश्क भएकाे धारणा राखे ।

यस्तै प्रदेश सचिव बालकृष्ण वाग्लेले संगितकर्मी संघ कलाकारकाे विशुद्ध संस्था भएकाेले सबै कलाकार हातेमालो गर्दै अघि बढे कलाकारहरुकाे हक अधिकार प्राप्तिमा समय नलाग्ने बताए । यसैगरी चर्चित गायक रामचन्द्र ठटालले हामी कलाकारहरु सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने धारणा राखे ।

संस्थाका जिल्ला अध्यक्ष पुर्ण वाग्ले इतिहासकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष पवित्रा वाग्लेले गरेकी थिइन भने कार्यक्रम संचालन संस्थाका सचिव सुरज रेग्मीले गरेका थिए ।
राष्ट्रिय संगितकर्मी संघ स्याङ्जाको दोस्रो अधिवेशनले सुरज रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा प्रदिप अधिकारी, महिला उपाध्यक्ष सगुन थापा, उपाध्यक्ष सलिना अधिकारी, सचिव कमल थापा, सह सचिव रितु विश्वकर्मा, कोषध्यक्षराजेश रिमाल, सह कोषध्यक्ष दुधप्रसाद नेपाली र प्रवक्ता सागर खनाल रहेका छन् ।

यस्तै सदस्यहरुमा सुमन भट्टराई, युवराज ढकाल, प्रतिक्षा वाग्ले, सुरज सदाशंकर, मनिष ढकाल, नारायण कार्की, ध्रुव पाठक र सरस्वति मानन्धर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *