
राष्ट्रिय संगितकर्मी बागमतिमा रामहरि, महाधिवेशन चैत २८ मा
बाठमाण्डौं/राष्ट्रिय संगितकर्मी संघ बागमति प्रदेशको दोस्रो अधिवेशनले गायक बुद्धिबहादुर भण्डारी (रामहरि)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

राष्ट्रिय संगितकर्मी संघका केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले वागमति प्रदेशको नेतृत्वमा भण्डारीलाई चयन गरेको हो । भण्डारीको अध्यक्षतामा नव निर्वाचित समितिमा वरिष्ठ उपाध्यक्ष स्मृति गौतम, प्रथम उपाध्यक्ष दिनेश भण्डारी, उपाध्यक्षहरु सावित्री राना मगर, विक्रम ढुंगाना, मुकुन्द सिंखडा, महिला उपाध्यक्ष मिश्रादेशी काफ्ले, महासचिव मानबहादुर तामाङ, सचिव कमल दाहाल, प्रतिमा अर्याल, रविन्द्र रिमाल, गोमा कोईराला, सह सचिव रुपेश पुडासैनी, प्रवक्ता विष्णु तामाङ, कोषाध्यक्ष गोविन्द गौतम, सह कोषाध्यक्ष शुसिला दुलााल चयन भएका छन् ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न

यस्तै सदस्यहरुमा दिनेश लामा, अशोककुमार सापकोटा, सावित्री श्रेष्ठ, केशव श्रेष्ठ, केवल, नवराज भट्टराई, महेश्वर बोहरा (मानसराज), सुनिता सुनेल, सन्ध्या सानु, अप्सरा थापा, बलराम श्रेष्ठ निर्वाचित भएका छन् ।
अधिवेशनमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना, उपाध्यक्ष अमृत खाती, उमा श्रेष्ठ, श्याम धिताल, महासचिव विक्रमजंग शाह लगायतका केन्द्रीय पदाधिकारी तथा जिल्ला शाखाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रदेश अध्यक्ष ओम पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा वागमति प्रदेश महा सचिव रामकुमार पौडेलले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष गोविन्द गौतमले आर्थिक प्रतिवेदन पेस गरेका थिए । दुबै प्रतिवेदनलाई सर्वसम्मत अनुमोदन गरिएको थियो ।
संस्थाको जिल्ला तथा प्रदेश अधिवेशनहरु धमाधम सम्पन्न भैरहेको र हुने क्रममा रहेको छ ।


आगामी चैत २८ गते केन्द्रिय महाधिवेशनको तयारीमा रहेको संघमा आगामी महाधिवेशनबाट संघको नयाँ नेतृत्व समेत चयन हुने भएकोले सम्पूर्ण कलाकारहरुको ध्यान अधिवेशन तिर तानिएको छ । नेतृत्वमा आउन चाहनेहरु पनि शाखाको अधिवेशनमा राम्ररी नै खटिरहेका छन् । यतिखेर अध्यक्ष राजेन्द्रकुमार कार्की, वरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना, महासचिव विक्रमजंग शाह, उपाध्यक्ष अमृत खाती, श्याम धिताल लगायतका केन्द्रीय पदाधिकारीहरु अधिवेशनमा खटेरै लागेका छन् ।