राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमै सम्पन्न गर्न तल्लीन बिरुभाइ टेड्रस एण्ड कन्ट्रक्सन प्राली

  •   काभ्रे
  •   २४ जेष्ठ २०७८, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

निषेधाज्ञाकाे कारणले विकास निर्माणका काम देखि राष्ट्रिय गाैरबका आयाेजनाहरु नराम्रो सँग प्रभावित भएका छन् ।काममा ढिलासुस्ती र लापरबाही गर्ने कतिपय निर्माण कम्पनीहरुलाइ याे समय बाहना गर्ने राम्रो निहु बनेकाे पनि छ ।तर कतिपय निर्माण कम्पनीहरु भने निषेधाज्ञाकाे कठिन परिवेशकाे सामाना गर्दै आफ्नो जिम्मेवारी समयमै पुरा गर्ने अठाेटका साथ काम गरिरहेकाे बताएका छन् ।

यस्तै मध्येको एक निर्माण कम्पनी हाे बिरुभाइ टेड्रस एण्ड कन्ट्रक्सन प्राली। याे प्रालिले निषेधाज्ञाकाे कठिन अवस्थालाई पन्छाउदै विभिन्न निकाय सँग सहकार्य गरि आफ्नो जिम्मेवारीका कामहरु समयमै सक्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ ।

संचालक बिरेन्द्र खत्री सहित बिरुभाईका तिन भाई मिलेर आफ्नो जिम्मेवारीका निर्माण कार्यहरू तथा राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमै सम्पन्न गर्न तल्लीन छन् ।हाल अहिले यो कम्पनीले त्रिभुवन विमानस्थलकाे रिमाेट पार्किङकाे काम गरिरहेकाे छ ।उक्त स्थानमा काम धमाधम भइरहेको संचालक बिरेन्द्र खत्री बताउँछन् ।हामीले जनशक्ति देखि सवारीसाधन तथा अन्य पुर्वाधारहरु त्यहि तरिकाले व्यवस्थापन गरेका छाै,कुनै कारणले काम राेकिदैन खत्री भन्छन् ।

संचालक खत्रीको समाजसेवाका काममा पनि उत्तिकै याेगदान रहेको छ ।ताेकिएकै समयमा काम सम्पन्न गर्नु बिरुभाइ टेड्रस एण्ड कन्ट्रक्सन प्रालीकाे विषेशता हाे प्रालिका एमडि अरुण खड्का बताउँछन् ।विगतमा पनि जिम्मा आएका कामहरू समयमै सम्पन गरेको स्मरण गर्दै खड्का भन्छन् निर्माण कम्पनीहरुले समयमै काम गर्दैन भन्ने भ्रम हामी चिर्दैछाै ।उक्त प्रालिले करिब २०० देखि ३०० मानिसलाई रोजगार उपलब्ध गराएको छ ।

हाल प्रालिका प्रतिनिधिहरु कपिल प्रधान ,सुशान्त भट्टराई लगाएतकाे टिम ठाउँ ठाउँमा व्यवस्थापन तथा सहजिकरणमा खटेकाे छ ।हामीले हामीलाई चाहिने सामाग्रीकाे लागि निश्चित व्यक्ति तथा केन्द्रहरु बनाएका छाैँ त्यहि बाट अभाव पुर्ति हुन्छ बिरेन्द्रले हाम्रा खबरलाई बताए ।उनका अनुसार हाल ७५ वटा गाडीहरु दैनिक काममा व्यस्त छन,तिनकाे लागि आवश्यक डिजेल ,पेट्रोल नारायणी आयल स्टाेर बनेपा घनश्याम खत्री बाट उपलब्ध हुन्छ ।हामीलाई सबै क्षेत्र बाट निषेधाज्ञामा समन्वय र सहजिकरण सहयोग छ धन्यवाद दिन्छु खत्री भन्छन् ।यस अगाडि पनि उक्त प्रालिले ठुला ठुला आयाेजनाहरु समयमै सम्पन्न गरेको जनाएको छ ।

प्राप्त आयाेजनाहरु कसरी छिटोभन्दा छिटो सम्पन्न गर्ने र प्रालिलाई उच्च स्तरमा लैजाने भन्ने विषयमा मुख्य याेजनाकारकाे रुपमा प्रालिमा काम गर्दै आएका श्याम कार्की समयमै काम सम्पन्न गर्नुनै सम्बन्धि पक्षकाे विश्वास जित्नु भएको बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *