मछिन्द्र कुमार लामा
वेथानचोक-२,काभ्रे

रामहरि दंगाल भन्छन्
दैव मलाई बांच्ने रहर छ।
काभ्रेपलाञ्चोक जिल्लाको साबिक ढुंखर्क गाबिस वडा नं ६ साजिगाउँमा बुबा गणेश प्रसाद दंगाल र आमा धनमाई दंगालको कोखमा माहिलो छोराको रुपमा राम प्रसाद दंगाल जन्म भयको थियो। चरम गरिबि र अभावको जिन्दगी संग पौठेजोरी खेल्दै बाल्यकाल बिताएका राम प्रसादको चित्रकुमारी संग बिबाह भयपछि पहिलो सन्तानको रूपमा २०३८ सालमा रामहरि दंगाललाई प्राप्त गरी सन्तानको सुखानुभूति गरेका थिय। थोरै सुर्को पाखो बारिको अनाज बाट दुई महिनाको खाना जनतन पुग्दथ्यो। बांकि १० महिना दैनिक ज्याला मजदुरी गरेर परिवारको पालन पोषण गर्दै आईरहेका थिय। बाह्र बर्षको अन्तरालमा राम प्रसाद दम्पतिबाट चार वटा छोरा को जन्म भयको थियो। २०४५ साल यो परिवारको लागि आकाशमा कालो बादल मडारिएको औंसीको कालो रात साबित भयो। जुन दिन राम प्रसाद दंगाललाई एक खालको अचम्मको रोगले( रूने,कराउने,बर्बराउँने,काम्ने, जस्तो स्थान बाट पनि हाम फाल्ने र बेहोस हुने)एक्कासी आक्रमण गर्यो। दुनियाँको विज्ञान र प्रविधिले हार खायो।तान्त्रिक बिध्याको पनि खासै केही लागेन। यसै बिचमा २०४८ सालमा राम प्रसाद सदाको लागि यस धर्तीबाट बिदा भय।

बुबा राम प्रसादको देहवसान पश्चात आमा चित्र कुमारी र १० बर्षे जेठो छोरा रामहरि दंगालको काँधमा सिंगो परिवारको जिम्मेवारि आईपरेको थियो। ज्याला मजदुरी बाट प्राप्त अनाज ,रकम र दयाको केहि मानासामल उहाँहरूको दैनिकि गुहार्ने माध्यम थियो ।आमा चित्रकुमारी र रामहरि दंगालको कयौं रातहरू भोकै बसेको तितो अनुभव नभयको पनि हैन।समय बित्दै गयो रामहरि दंगाल युवा अबस्थामा प्रवेश गर्दै गर्दा तीन भाइ पनि बाल अबस्था पार गर्दै गैरहेको थियो। दाजु अनुशासित भयकोले भाइहरूले पनि दाजुलाई जहिले पनि पिताको दर्जामा व्यवहार गर्ने गर्दथे।
औंसीको कालो रात, अनि त्यसैमा भयको बज्रपात को घाउ करिब दुई दशकमा खाटो बस्दै पारिवारिक रूपमा सुखद सन्तुलन क्रमश कायम हुदै थियो। जेठो रामहरि काठमाडौंको प्लाष्टिक ब्यापारमा चिरपचित नाम थियो।त्यस्तै माईलो र कान्छो पनि आ-आफ्नो ब्यबसायमा संलग्न थियँ भने साईलो भाइ बैदेशिक रोजगारीमा मलेसियामा छन् । आमा चित्रकुमारी छोराहरूको उन्नति र प्रगतिको खबरबाट खुशी नै थिए।
आमा चित्रकुमारीको २०४५ साल बाट करिब दुई दशक सम्म आंशुले शिरानी नभिजेको रात थियन। केही बर्ष के ओभानो भयको थियो फेरि तिनै औंसीको कालो रात करिब चार महिना अगाडि देखि सुरू भयको हो कि भन्ने भान भैरहेको छ। जेठो छोरा रामहरिको दुवै मृगौलाले काम गर्न छाडेको खबरले दंगाल परिवारलाई यतिखेर स्तब्ध बनाएको छ। स्वस्थ, हष्टपुष्ट ज्यानको दाइ रामहरि भाइहरूको एक मात्र साहारा मात्र थियनन् बुबा पछिको बुबा नै थिय भन्दै छन् गहभरि आँसु बनाउदै भन्छन् भाइ टिकाराम दंगाल । यहि कार्तिक महिनामा रामहरि दंगाल नियमित कामकाज (व्यापार ब्यबसाय)बाट फर्कदै गर्दा अचानक बाटोमा चक्कर लागेर ढल्न पुगे। केही समयको आराम पश्चात केही सहयोगीको साथ लिई कोठा खरिबोट बानेश्वर आईपुगे। एक दुई दिनमा सामान्य हुन्छ होला भन्दै कोठामा आराम गर्दै थिय। झन झन शिथिल महशुस गरि चेकजाँचको लागि का लागि नागरिक अस्पताल मिनभवनमा जांदा उच्च रक्तचाप र सोहि कारणले मृगौलामा असर गरेको ठहर गरि थप उपचारको लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा सिफारिस गर्यो। काठमाडौं मेडिकल कलेज सिनामंगल मा करिब २ हप्ताको नियमित औषधी उपचार पछि अपेक्षाकृत रूपमा स्वास्थ्यमा सुधार नआएको हुनाले विरामीको अनुरोधमा डिस्चार्ज गरि शिक्षण अस्पताल महाराजगञ्जमा थप उपचारको लागि भर्ना गरियो। केही दिनको औषधी उपचार पश्चात स्वास्थ्य अवस्था स्थिर भयको हुनाले नियमित औषधी सेवन गर्ने गरि डिस्चार्ज गर्यो।
पौषको अन्तिम सातामा स्वास्थ्य जटिल हुदै गयपछि पुन शिक्षण अस्पतालमा भर्ना गरियो र चिकित्सकले पुर्ण रूपमा स्वास्थ्य जाँच गरेपछि दुवै मृगौलाले पुर्ण रूपमा काम गर्न छोडेको र मृगौला प्रत्यारोपणको विकल्प नभएको हुनाले त्यसको लागि तयार गर्न विरामि र विरामिको आफन्तलाई सुझाएका थिय। यतिबेला सम्म आफुसंग भएको सबै रकम उपचार खर्चमा सकिएको तर बांच्न रहर भयको हुनाले सबैजनाले आ-आफ्नो स्थान बाट सकेको सहयोग गरि यस धर्तीमा बांच्न रहर पुरा गरिदिनुहुन सम्पुर्ण मानव जगतलाई नै हार्दिक अपिल गर्दै हुनुहुन्छ भाइ रामहरि दंगाल अनि भन्नु हुन्छ दैव मलाई बांच्ने रहर छ।
बिरामीको सम्पर्क नं ९८४३००३७०८
- अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा पदक हासिल गर्ने खत्रीलाई बेथानचाेकद्वारा ५० हजार पुरस्कार
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा