
ट्राफिक प्रहरीले रातिको समयमा हुने सडक दुर्घटना न्यूनीकरणको लागि ‘नाइट भिजन लेजर स्पिड गन’ प्रयोगमा ल्याएपछि सातदोबाटो ट्राफिकले चेकजाँच गरेर ओभर स्पिटमा रहेका धेरै सवारीसाधनलाई कारबाही गरेको र साथै कारबाहीमा पर्ने अधिकांश सानाठूला रहेको ललितपुर ट्राफिक प्रमुख बताउनुभयो ।
कोटेश्वर कलंकी सडकखण्डमा राति सवारी चालकको लापरबाहीले धेरै दुर्घटना हुनेगरेकोले ललितपुर ट्राफिक प्रहरीले आजदेखि ‘नाइट भिजन लेजर स्पिड गन’मार्फत सवारीसाधनको गति मापन गर्ने एसएसपी जनक भट्टराईले वताउनु भयो ।
‘लेजर स्पिड गन’ मार्फत सवारीसाधनको गति मापन गर्ने र निर्धारितभन्दा तीव्र गतिमा कुदेका सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गर्नुका साथै सडक दुर्घटना हुने ट्राफिक प्रमुख जनक भट्टराईले बताउनुभयो ।

ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउनुका साथै तीव्र गति बाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न ललितपुर क्षेत्रमा पर्ने रिङ्गरोडको सडकखण्डमा सवारी दुर्घटना कम गर्न सडक बत्ती पनि जडान गरिएको छ ।
एसएसपि भट्टराईले भन्नुभयो सडक दुर्घटना न्यूनीकरणका लागि अपरेशनल काम शुरू गरिएको छ । यसमा ट्राफिक प्रहरी सदैव चिन्तित र क्रियाशिल पनि छ ।” यसको लागि पर्याप्त कदमहरू चालिने उनले बताए ।
ट्राफिकसम्बन्धी आधारभूत नियम र कानुनको पालना गर्दा मात्रै पनि सवारी दुर्घटनामा हताहत हुनेहरूको सङ्ख्या आधा घटाउन सकिने उल्लेख गरे।