
राजधानीबाट मोटरसाईकल चोरी गर्ने गिरोहहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकल चोरीको घटना बढे सँगै ट्राफिक प्रहरीले पनि बिशेष अप्रेसन सञ्चालन गर्दै आईरहेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाण्डौं बिर अस्पताल महाबौद्ध स्थित सडक खण्डमा प्रदेस-१-०१-०१२ प ४१३२ नम्वरको कालो रंगको २२० सि.सि.को पल्सर मोटरसाईकल शंका लागि चेक जाँच गर्दा उक्त मोटरसाईकलको वास्तविक नम्वर प्रदेस-३-०२-०१२ प ३०१६ खुल्न आएको र उक्त स.सा. मिति २०७६।१०।११ गते काठमाण्डौं भृकुटीमण्डपबाट हराएको भनि काठमाण्डौं टोखा न.पा.वडा नं.२ बस्ने श्याम श्रेष्ठले खोज तलासको लागि हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएको खुल्न आएकोले जिल्ला ईलाम माङ्सेबुङ गाउँपालिका वडा नं.३ रत्नवस्ती घर भई हाल काठमाण्डौं बस्ने बर्ष २४ को सुमन राईलाई सवारी साधन सहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश