रथ तान्ने क्रममा प्रदर्शनकारीले कुटपिट गरी घाईते भएका ट्राफिक प्रहरी जवानकाे स्वास्थ्य अवस्था बुझ्न :-एसएसपी ढकाल

  •   काठमाडौं
  •   १८ भाद्र २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

भाद्र १८ गते

ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाको जानकारी लिन जावलाखेल स्थित अल्का अस्पतालमा पुग्नु भयो ।

रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रदर्शनकारीले निर्मतापूर्वक आक्रमण र कुटपिट गरी घाईते हुनुभएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाको जानकारी लिन महाशाखाका प्रमुख एसएसपी भीम ढकाल जावलाखेल स्थित अल्का अस्पताल पुग्नुभएको छ ।

उनले कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको निषेधज्ञा र जनता जोगाउन अहोरात्र सडकमा खटिएको ट्राफिक प्रहरी माथी त्यसरी सामुहिक रुपमा निर्घात कुटपिट गर्नु अमानविय मात्रै नभई कानुन विपरित समेत भएकोले उनीहरुलाई पक्राउ गरेर कानुनी कारबाही गर्ने बताउनु भयो।
घाइते भएका घिमिरेको ललितपुर, जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *