युवा व्यावसायी तथा सुनिल क्यान्टिनका संचालककाे अगुवाइमा निःशुल्क खाना खुवाउने कार्यक्रम सम्पन्न

  •   काभ्रे
  •   २७ बैशाख २०७८, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

युवा व्यावसायी तथा सुनिल क्यान्टिनका  संचालक सुनिल शाह,बिकाश शाह र समाजसेवी दिपक खत्रीकाे अगुवाइमा निःशुल्क खाना खुवाउने कार्यक्रम सम्पन्न

कुनै पनि नेपाली नागरिक भोकै बस्नु नपरोस भन्ने उद्देश्यका साथ क्यान्टिन व्यबसायी सुनिल शाहाले निःशुल्क खाना खुवाउने कामलाई अघि बढाएका हुन् ।

थापाथली स्थित प्रसुती गृह पछाडीको युएन पार्कमा असहाय तथा सडक व्यक्तिहरुलाई निःशुल्क रुपमा बेलुकाको खाना खुवाइएको हो । बेलुका ४ बजेदेखि सुरु गरिएको खाना वितरण कार्यक्रममा २५० भन्दा बढी व्यक्तिहरुलाई खाना, मास्क तथा खानेपानी वितरण गरिएको थियो ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै यस्तो लकडाउनको समयमा दैनिक ज्यालादारी काम गरेर जीवन चलाउँदै आएका मजदूर, मिर्गौला पीडित, पाटी पौवामा बस्ने असहाय मानिसहरु, बृद्ध बृद्धा लगाएतरोजगारी नपाएको तथा दैनिक जिवनयापनमा समेत अप्ठ्यारो परिस्थिति आएको भन्दै निःशुल्क खानेकुरा वितरण गरेका हुन् ।

निषेधाज्ञाको समयमा आर्थिक अभावका कारण कोही पनि भोको नरहुन् भन्ने उद्देश्यले निःशुल्क खाना वितरण सुरु गरिएको क्यान्टिन व्यबसायी सुनिल शाहाले बताए । अबको एक हप्तासम्म खाना वितरण गर्छौ । गुणस्तरियता खाना प्रदान गरेका छौँ । यसलाई निरन्तरता दिन्छौँ, एक हप्तासम्म खाना खुवाउने कार्यलाई निरन्तरता दिन्छौँ । त्यसपछि आवश्यक परे हामी थप दिनका लागि सहयोग गर्न पनि तत्पर रहेका छौँ सिंह भन्छन् ।

सुनिल शाहाका आफ्नै भाई बिकाश शाहा भन्छन्–हामी ठुलो व्याबसायी हैनौँ तर पनि मानविय धर्म निर्वाह गर्नु पर्छ भनेर आफ्नो तर्फबाट कत्ति सकिन्छ सहयोग गर्नु पर्दछ भन्ने उद्देश्यले खाना तथा आवश्यक अन्य सामाग्री निःशुल्क रुपमा वितरण गरिएको बताए । यस विषम परिस्थितीमा कसैको भोको पेट देख्न नपरोस् भनेर हामी दुईले एक हप्तासम्मका लागि आफ्नै खर्चमा खाना खुवाउने कार्यक्रम सुरु गरेका हौँ । अब हरेका दिन बेलुका ४ बजेदेखि एक हप्तासम्म खाना वितरण गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *