युवा व्यवसायी एवम सामाजिक अभिन्ता, युवा नेता खड्काकाे मेरि क्रिसमसकाे दिन विशेष जन्मदिन
युवा व्यवसायी एवम सामाजिक व्यक्ति युवा नेता जितेन्द्र खड्काकाे जन्मदिन विशेष रूपले मनाएका छन ।
सानो उमेरमा नै कन्स्ट्रक्सन क्षेत्रमा स्थापित जितेन्द्र खड्का व्यवसायसगैं समाजसेवामा पनि स्थापित हुदैछन । चन्दागिरी नगरपालिका वडा नं १३ पुरानो नैकाप निवासी उनि रियल स्टेट सगैं कन्स्ट्रक्सन व्यवसायमा सफलता चुम्दै अगाडी बढेका छन ।

साधारण परिवारमा जन्मिएका उनि २८ वर्षको उमेरमा नै सफल व्यवसायको रुपमा रहेका छन । पर्वत, स्याङ्जा, भैरहवा लगागतका ठाउँमा कन्स्ट्रक्सनको काम गरिरहेका उनले सामाजिक सेवामा पनि उति नै समय दिने गरेका छन ।
अर्चीज कन्स्ट्रक्सन कम्पनी प्रा.ली नामको कम्पनी मार्फत कन्स्ट्रक्सन व्यवसायमा रहेका उनले लकडाउनका समयमा खाना अभाव भएकाहरुलाई एकल प्रयासमा सहयोग गरेका हुन । उनले दैनिक ज्यालादारी मजदुरहरुलाई खाद्यान्न सहयोग गर्नुका साथै घर जानबाट रोकिएका यात्रुहरुलाई आफ्नै खर्चले आफ्नो गन्तव्यसम्म पुर्याएका थिए ।
डिसेम्बर २५ अर्थात मेरी क्रिसमस र खड्काकाे जन्मदिन एकै दिन परेकाले विशेष रूपले मनाएकाे खड्काले बताए ।
साेल्टिमाेडमा रहेकाे गाेरखा रेष्टुरेन्टमा जन्मदिनकाे केक काटेर विभिन्न साथिभाईका विच जन्मउत्सवलाई विशेष बनाएका थिए ।
खड्काकाे जन्मदिन उत्सव मनाउन डाक्टर ,सुरक्षा निकायका पदाधिकारी , पत्रकार ,व्यवसायिक व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे ।
खड्का एक व्यवसायिक व्यक्ति मात्र नभई समाज सेवामा पनि उतिकै अग्रसर रहदै अाएका छन ।
खड्काकाे जन्मउत्सवमा कैद भएका तस्वीरहरू :–



- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न