युवा परिवर्तनको संवाहक हो:-अभिषेक बजगाई

  •   काभ्रे
  •   २४ जेष्ठ २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

अभिषेक बजगाईं
वेथानचोक-२

जनता डायरी :-युवा परिवर्तनको संवाहक हो

युवाहरुको योग्यता, क्षमता,सिप र दक्षतालाई  समुचित परिचालन र प्रयोग गरेमा  विकास र परिवर्तनले ठुलै छलाङ्ग मार्ने पक्का छ

युवा शक्ति बिधुतिय करेन्ट जस्तै हो। यो बहुउपयोगी हुन्छ। यसलाई जुनसुकै परिस्थितिमा जता पनि प्रयोग गर्न सकिन्छ। यसको प्रयोगले प्रयोगकर्तालाई उच्चतम प्रतिफल दिन्छ भने प्रयोग नगर्दा यसको उर्जाहरू स्वत नष्टहुदै जान्छ।

मानिस जन्मन्छ मर्छ यो स्वभाविक प्रक्रिया हो। मानिसको जन्मपछि सिंगो जिवनमा शिशु अवस्था, बाल अवस्था,युवा अवस्था र बृद्ध अवस्था गरि चार अबस्था हुन्छ । यि चारै अबस्थामा छुट्टा छुट्टै भुमिका र दिनचर्यामा समयहरु व्यतित भैरहेको हुन्छ। गाउँ, समाज, जिल्ला, देश र विश्वको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको लागि मुख्य भुमिका निर्वाह युवा अवस्थामा मात्र गर्न सकिन्छ। अन्य अवस्थाको महत्व पनि नभएको हैन तर फरक  भुमिकामा रहन्छ। 
विश्वको विकसित मुलुकको ईतिहास हेर्ने हो भने ठुला ठुला परिवर्तनको अग्रमोर्चामा युवाहरूनै देखिन्छ। अतः अब गाउँ बन्नुपर्छ, अब हाम्रो ठाउँ बन्नु पर्छ सबैले सबैसंग हातेमालो गर्नुपर्छ, विभक्त भयर हैन, हरेक उदेश्यमा एक भएर अगाडि बढ्यौँ भने समृद्ध नेपाल र सुखि नेपाली नारामा मात्र सिमित रहदैन भन्ने लाग्दछ।


हाम्रो देशको अधिकांश क्षेत्रको नेतृत्व अभिभावकिय भुमिका निर्वाह गर्नु पर्ने व्यक्तित्वबाट भैरहेको छ। उहाँहरूको अधिकासं समय शारिरिक अस्वस्थताका कारण भयको पिडाको सामाना गर्दै बितिरहेको हुन्छ। नियमित औषधी सेवन, चिकित्सक संग नियमित चेकजाँच र परामर्श, रोग निदान हैन प्रभावको न्युनिकरण मात्र हो भन्ने कमजोर मनोविज्ञानमा जिवनको ८० प्रतिशत समय व्यतित भैरहेको हुन्छ। १० प्रतिशत आराम र बांकि १० प्रतिशत समाजको योगदान, विकास र नेतृत्वको लागि खर्च भैरहेको यो यथार्थ आजको नेपालको अबस्था हो । यसका बाबजुत भईका परिवर्तनलाई हामिले उपलब्धिको रूपमा लिनुपर्छ। के यो यथेष्ट हो त? भन्ने प्रश्नले मेरो मनमा बेलाबखत कौतुहल मच्चाएको छ।
एउटा नेतृत्वले कुशल नेतृत्व  प्रदान गर्नको लागि कम्तीमा दैनिक ५० प्रतिशत समय त्यस संस्थालाई प्रदान गर्नु पर्दछ। बांकि रहेको ४० प्रतिशत समय मध्ये २५ प्रतिशत आराम, १० प्रतिशत परिवार र २५ प्रतिशत पेशा र ब्यबसायमा संलग्न गराएमा नेतृत्व सफल रहन्छ।  शारिरिक र मानसिक रूपमा पनि सन्तुलित हुन्छ। तब मात्र आम मानिसको चाहाना बमोजिमको परिवर्तन संभव हुन्छ। यो सबै समयको ब्यबस्थापन गर्न सक्ने मानव जिवनको एक अवस्था युवा अबस्था हो। त्यसैले समृद्ध नेपालको निर्माणको लागि आजको नेतृत्वदायी भूमिकामा युवाहरू हुनुपर्छ भन्ने रायको बहुमत छ। आजको नेतृत्व असफल भन्न खोजिएको हैन । जेष्ठ नागरिकहरूको अभिभाकत्वमा युवाले गर्ने नेतृत्वको १ बर्षको परिणाम प्राप्त गर्न आजको नेतृत्वलाई ४ बर्ष लाग्ने माथिको ब्याख्याले पुष्टि गरेको छ र त्यो दृष्टान्त पनि हाम्रो सामु छर्लङ्ग छ।
आज विश्व समुदाय प्रविधि मैत्री भैसकेको छ। नेपाल मा आयोजना गरियको बैठकमा विश्वको हरेक कुनाबाट सहभागी भई आफ्नो राय राख्ने मात्र हैन निति निर्माण तर्जुमा गर्न आफुलाई सहभागी गराउन सक्ने भयका छन्। भरखरै मात्र काभ्रे पलाञ्चोक जिल्ला वेथानचोक गाउँपालिका वडा नं २ मा  अवस्थित श्री पार्वती मावि का पुर्व बिध्यार्थीहरूको प्रविधिमैत्री जुम बैठकमा अमेरिका, कतार,दुवई, हङकङ, बहराइन लगायत बाहिरी देश मात्र हैन देशको बिभिन्न स्थानबाट सहभागी भयका थिय। स्मरणीय होस् सो बैठकमा भौतिक उपस्थितिमा सम्पन्न गर्न संम्भव त थियो तर ठुलै तामझाम सहित खर्चको आवश्यकता र समयको लगानी गर्नु पर्दथ्यो। प्रविधि संग साक्षात्कार मिठाराम बास्तोला (नबिन) र सन्दिप तिमल्सीना एस एल सि ब्याच २०६४ का दुई दाइहरूको सकृयतामा भएको बैठक अतिनै प्रभावकारी भयको बिषयमा दुई मत नहोला। प्रविधिको बिकासले विश्व समुदायलाई एकढिक्का बनाईसकेको अबस्थामा प्रविधि लाई उपयोग गर्न नसक्ने नेतृत्वको परिणाम असाध्यै धिमा गतिमा हुनु स्वाभाविकै हो।
समाजका हरेक तह र तप्कामा अनुभवी जेष्ठ नागरिकहरूको अभिभाकत्वमा युवाहरूलाई नेतृत्व प्रदान गरि युवाहरुको योग्यता, क्षमता,सिप र दक्षतालाई  समुचित परिचालन र प्रयोग गरेमा  विकास र परिवर्तनले ठुलै छलाङ्ग मार्ने पक्का छ। जनताको चाहाना बमोजिम बिकासको लागि युवा नेतृत्व आजको आवश्यकता टड्कारो रुपमा देखिएको छ। काभ्रे जिल्लामा पनि थुप्रै उदाहरणहरू छन्।

युवा नेता महेश खरेलको नेतृत्वमा रहेको पांचखाल नगरपालिका बर्ष २०७६/७७ को वाग्मती प्रदेश भरिको उत्कृष्ट नगरपालिका घोषणा भयको थियो।  सबै भन्दा कम उमेरको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले (३० बर्ष)त्यस क्षेत्रमा गर्नु भयको विकासको चर्चा आज देशभरि चलिरहेको छ।
युवा शक्ति बिधुतिय करेन्ट जस्तै हो। यो बहुउपयोगी हुन्छ। यसलाई जुनसुकै परिस्थितिमा जता पनि प्रयोग गर्न सकिन्छ। यसको प्रयोगले प्रयोगकर्तालाई उच्चतम प्रतिफल दिन्छ भने प्रयोग नगर्दा यसको उर्जाहरू स्वत नष्टहुदै जान्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *