

गएकाे स्थानीय निर्वाचनमा ३१ सिट ल्याएकाे नेपाली काग्रेंस बेथानचाेक गाउपालिकाले आसन्न निर्वाचनमा पुस्ता हस्तान्तरणमा युवा नेतृत्वलाई अघि सारेकाे छ ।सत्तारूढ गठबन्धनमा नेपाली काग्रेंसकाे तर्फबाट पालिका प्रमुखकाे रूपमा प्रभावशाली युवा नेता भगवान अधिकारी र उपप्रमुखमा माओवादी केन्द्रबाट तारा राना तिमल्सिनालाई उम्मेदवारी दिएकाे हाे ।
एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका वडाको सम्बृद्धि र सम्मुन्त विकास गर्ने प्रमुख एजेण्डा सहित नेपाली काँग्रेसबाट गाउँपालिकाको वडा नं १ को अध्यक्षमा पत्रकार मधुसुधन तिमिल्सना ,वडा २ मा पुरूषाेतम तिमल्सिना ,वडा ३ कुबेर ढकाल ,वडा ४ कृष्णबहादुर पाख्रिन ,वडा ५ दिल बहादुर तामाङ र वडा ६ मा विष्णुबहादुर माेेक्तान लाई वडा अध्यक्षमा अघि बढाएकाे छ।
उमेरले कान्छाे व्यवहारिकतामा परिपक्व रहेकाे अर्काे नाम वडा नं २ काे अध्यक्ष उम्मेदवार पुरूषाेतम तिमल्सिना ।उनकाे जन्म पिता नेत्र प्रसाद र माता गोमा तिमल्सिना को कोखमा बि सं २०५३ जेष्ठ ३२ गते साबिक ढुंखर्क गाबिस वडा नं ८ टपलमा भएकाे हाे ।
सानै देखि समाजसेवामा रूचि राख्ने पुरूषाेतम अग्रज दाईदिदिहरू विनाेद तिमल्सिना लगायतले सञ्चालन गरेकाे बाल प्रतिभा बाल समुहबाट प्रभावित भएका हुन। दाइ दिदिहरूकाे जस्तै नया काम गराै भन्ने हेतुले पुरूषाेतम तिमल्सिना , राजेश तिमल्सिना ( fantastic bro ) ,शंकर पराजुली , सुवाेध अधिकारी र परशुराम तिमल्सिना आपसमा सल्लाह गरेर न्यु सप्तरङ्गी बाल क्लवकाे स्थापना गरेका थिए ।

पुरूषाेतम भन्छन जिल्ला बाल सञ्जालमा समेत आवद्ध रहेका राजेश तिमल्सिनाले जिल्लाबाट सञ्चालन हुने तालिम गाेष्ठीमा हाम्राे बाल समुहलाई सहभागिता गराउन ठुलाे भुमिका निर्वाह गर्नु भएकाे थियाे ।दाैतरी शिक्षा ,मानवअधिकार ,बालअधिकार सम्बन्धि तालिममा समेत सभागिता भएर स्कुल स्कुलमा विद्यार्थीलाई समेत प्रशिक्षण दिने अवसर मिलेकाे थियाे ।
श्री पार्वती माध्यमिक विद्यालयबाट बिद्यालय जिवन प्रारम्भ गरि स्नातक तहको अन्तिम चरणमा अध्ययन गर्दै गर्दा उच्च शिक्षाको लागि जापान पुगेकाे थिए। अन्तराष्ट्रिय बजार अर्थशास्त्रको अध्ययनका लागि १७ महिना उरावा इन्टरनेशनल स्कुल र १८ महिना नाकानो स्कुल ओफ बिजिनेश टोकियो जापानमा , अध्ययन पूरा गरि स्वदेश फर्किए ।
राजनीतिक रूपमा सक्रिय नेपाली काँग्रेस कृयाशिल सदस्य रहेका तिमल्सिना २०६६ मा ने वि संघको साधारण सदस्य ,२०६८ मा नेविसंघ पार्वती एकाई सभापति ,२०७३मा पार्वती बहुमुखि क्याम्पसको स्व वि यु सभापति र २०७८ मा नेविसंघ वेथानचोक सभापति बनेका थिए ।

नेपाली काँग्रेस चौंधौ अधिवेशनमा क्षेत्रीय प्रतिनिधि, काभ्रे प्रदेश सभा २-ख का क्षेत्रीय सदस्य रहेका तिमल्सिना वेथानचोक गाउँपालिका वडा नं २ काे घरदैलो कार्यक्रममा मा व्यस्त रहेका छन ।
वडा नं २ मा काग्रेंसकाे तर्फबाट सदस्य भरत तिमल्सिना ,नारायण तिमल्सिना ,रेनुका परियार र रिता केसि रहेका छन।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश