
सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका प्रभावशाली युवा नेता भगवान अधिकारी काभ्रेको बेथानचोक गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका छन्।

गाउँ देखि केन्द्रिय सरकार सम्म समन्वय गर्न सक्ने क्षमता भएका अधिकारीले पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा समेत स्नातक गरेका छन ।
लामो समयदेखि राजनीतिमा सक्रिय अधिकारी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्ष समेत हुन्।

२०३६ साल चैत्र १७ गते जन्मिएका अधिकारीको बाल्यकाल देखिनै राजनीतिमा चासो थियो । युवा देखि बृद्ध सबैकाे मनमुटुमा रहेका अधिकारीको पारिवारिक पृष्ठभूमि नै राजनीति सँग निकट छ । विद्यालय उमेरमै नेविसंघ मार्फत राजनीतिमा प्रवेश गरेका अधिकारीको नेविसंघको यात्रा विद्यालयमा मात्र सिमित रहेन । २०६१मा नेपाल विद्यार्थी संघको काभ्रे जिल्ला अध्यक्ष बनेका अधिकारी केन्द्रीय प्रचार बिभाग सदस्य, नेपाल विद्यार्थी संघ केन्द्रीय समितिका केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि, सदस्य, केन्द्रीय श्रमिक तथा ट्रेड युनियन बिभागमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

समाजसेवामा अग्रणी भुमिका निर्वाह गर्दै आएका अधिकारीले २०७२ सालकाे महाभुकम्पमा गाँउगाउ बस्ति बस्तिमा त्रिपाल, खाद्यान्न ,लत्ताकपडा लगायतका अत्यावश्यक राहत सामाग्री समेत वितरण गरेका थिए।काेभिड महामारीकाे लकडाउनले आक्रान्त रहेकाे समयमा जनताकाे स्वास्थकाे ख्याल राख्दै प्रत्येक वडामा स्वास्थ सामाग्री उपलव्ध गराई ,फ्रन्टलाईनका कर्मचारीलाई पिपिसेट समेत उपलब्ध गराएका थिए ।
अधिकारीले स्थानिय निर्वाचनमा निर्वाचित भए पश्चात् बेथानचाेककाे समृद्धिकाे लागि भ्रष्टाचार रहित समाजकाे निर्माण ,पर्यटन प्रवर्द्धन ,शिक्षा, स्वास्थ्य ,उद्योग व्यवसाय सञ्चालन गरि राेजगारिकाे अवस्था सिर्जना गर्ने विशेष पहल कदमी अघि सारी पाच वर्ष कार्यकालमा नमुना गाउपालिकाकाे रूपमा स्थापित गर्ने याेजना अघि बढाएका छन ।

सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका युवा नेता भगवान अधिकारी अध्यक्षमा उम्मेदवारी छन भने माओवादी केन्द्रबाट उपाध्यक्षमा तारा राणा तिमल्सिना रहेकी छन ।