
यात्रुसँग बढि भाडा लिने बसपार्कबाट पक्राउ
बैशाख २२, काठमाडौँ
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने एक जनालाई गंगबु बसपार्कबाट पक्राउ गरेको छ ।
कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी कडाईका साथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले मौकाको फाइदा लिन खोज्ने व्यक्तिहरु सक्रिय हुन सक्ने तथ्यलाई मनन गरि छड्के अनुगमनको लागी परिचालन भएको सादा पोशाकको टोलीले गंगबु नयाबसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार स्याङ्जा चापकोट ७ घर भई मित्रनगर बस्ने बाग्लुङ्ग भगवती काउण्टरका कर्मचारी बर्ष ३० को मिलन सारुलाई पक्राउ गरेको पुष्टी गर्नु भयो ।
काठमाण्डौं देखि बाग्लुङ्गसम्म जाने नियमति भाडा नौ सय भएकोमा निजले तीन हजार देखि चार हजारसम्म लिएको पाइएपछि हामीले नियन्त्रणमा लिएको बताउनु भयो ।
पक्राउ परेका सारुले बैदेशिक रोजगारबाट घर फर्किन लागेका दस जना यात्रुबाट बाग्लुङ्गसम्म जान बढि भाडा लिएको पाइएको महाशाखाले जानकारी दिएको छ ।
पक्राउ परेका मिलनलाई आबश्यक कारबाहीकोलागी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश