
मोटरसाईकल चोरी गर्ने व्यक्ति सवारी साधन सहित पक्राउ
मोटरसाईकल चोरी गर्ने व्यक्तिहरु सवारी साधन सहित प्रहरीले पक्राउ गरेकाे छ ।
काठमाडौं टाेखा नगरपालिका वडा नं २ बस्ने श्याम श्रेष्ठकाे २२० सिसिकाे पल्सर बाईक माघ ११ गते भृकुटीमण्डपबाट हराएकाे थियाे ।श्रेष्ठकाे निवेदनकाे अाधारमा माघ १५ गते वीर अस्पताल महाबाैद्ध सडक खणडमा नम्बर प्लेट फेरिएको अवस्थामा कालाे रंगकाे पल्सर सहित ईलाम माङ्सेबुङ गाउँपालिका वडा नं.३ रत्नवस्ती घर भई हाल काठमाण्डौं बस्ने २४बर्षको सुमन राईलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न
मिति २०७७माघ १५ गते काठमाण्डौं, बिर अस्पताल महाबौद्ध स्थित सडक खण्डमा प्रदेस-१-०१-०१२ प ४१३२ नम्वरको कालो रंगको २२० सि.सि.को पल्सर मोटरसाईकल शंका लागि चेक जाँच गर्दा उक्त मोटरसाईकलको वास्तविक नम्वर प्रदेस-३-०२-०१२ प ३०१६ खुल्न आएको र उक्त सवारी साधन मिति २०७६ माघ ११ गते काठमाण्डौं भृकुटीमण्डपबाट हराएको थियाे
सवारी चाेरीमा संलग्न राईलाई थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त सिंहदरवार काठमाण्डौंमा बुझाईएको प्रहरीले बताएकाे छ।