मुलुकमा हिंसाको राजनीति बढ्न सक्ने भन्दै नेपाली सेनाको उच्च तहमा छलफल शुरु

  •   काभ्रे
  •   ५ असार २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं, असार ५ गते ,शुक्रबार


कोरोनाको महामारी र मुलुकमा हिंसाको राजनीति बढ्न सक्ने चुनौतीबारे नेपाली सेनाको उच्च तहमा छलफल शुरु भएको छ ।
सैनिक मुख्यालयमा शुरु भएको बैठकमा रथि, सहायक रथी, उपरथी, रथी निर्देशक, पृतनापति समेतको सहभागिता रहेको छ ।
सम्मेलनमा प्रधान सेनापति थापाले कोरोना महाकारीबाट उत्पन्न परिस्थिति, त्यसको नियन्त्रणमा संवैधानिक हिसाबले सेनाको संलग्नताका साथै मुलुकमा विप्लव माओवादीद्वारा हिंसाका गतिविधि बढाउने तयारीको विषयमा चर्चा गर्नुभएको थियो ।


विदेशबाट ठूलो संख्यामा युवा शक्ति फर्किने र त्यसले बढाउने बेरोजगारी लगायतका समस्याबाट उत्पन्न हुन सक्ने परिस्थिति चुनौतीपूर्ण हुनसक्ने आँकलन सेनाको रहेको छ ।
त्यस्तो परिस्थितिको फाइदा उठाउन केही शक्ति लाग्न सक्ने भन्दै प्रधान सेनापति थापाले त्यसका लागि पूर्व तयारी गर्नुपर्ने बताएको बुझिएको छ ।
सेनाका वरिष्ठ अधिकृत सम्मिलित पीएसओ बैठक कम्तीमा ६ महिनामा एक पल्ट हुने परम्परा भए पनि बीचमा सम्पन्न हुन नसकेको यो बैठक छोटो सूचना जारी गरी बोलाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधान सेनापति थापा कालापानी नजिकको छाङरुमा हालै स्थापित सशस्त्र प्रहरीको सेक्युरिटी पोष्ट सहित सुदूरपश्चिम पृतनाको निरीक्षण गरी बिहीबार राजधानी फर्कनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *