बाँके प्रहरीको मोष्ट वान्टेडमा रहेका फरार अभियुक्त पक्राउ गरेकाे हाे
काठमाडौं

बिगतमा शशस्त्र भुमीगत समुह तराई जनतान्त्रीक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध रही बाँके जिल्लामा हत्या, अपहरण, ज्या.मा.उ., बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जन भन्दा बढी अपराधमा संलग्न रही फरार रहेका

जिल्ला बाँके साविक वनकट्टी गा.वि.स.वडा नं.५ हाल डुडुवा गा.पा.वडा नं.३ वस्ने वर्ष ३१ को धर्मा सिंह भन्ने राजेश यादव मिति २०७७।०३।०८ गते भारत बाट घरमा आएको भन्ने सूचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले निजको खोज तलास गर्ने क्रममा निजलाई आज २०७७।०३।०९ गते अं.०३:०० बजेको समयमा जिल्ला बाँके डुडुवा गा.पा.वडा नं. ५ स्थित तरवार १थान , चक्कु १थान सहित फेला पारी पक्राउ गरीएकाे हाे आवश्यक अनुसन्धान भईरहेको छ।