
मासिक मुल्याङ्कनमा उत्कृष्ट कार्यसम्पादन गरी प्रथम हुने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रशंसापत्र
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका प्रहरी कार्यालयहरुको प्रशासनिक गतिविधी एवं सेवा प्रवाह प्रक्रियालाई प्रणालीबद्ध बनाउँदै प्रहरी परिचालन र दैनिक कार्य सम्पादनको अवस्थालाई प्रभावकारी, व्यवस्थीत एवं परिणामुखी बनाउने उद्देश्यले मिति २०७८।०४।३२ गते प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की र मातहत कार्यालय प्रमुखहरुबीच आर्थिक वर्ष २०७८।०७९ को वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भई सोही सम्झौतालाई वस्तुनिष्ट बनाउन तयार गरिएको “मासिक मुल्याङकन मापदण्ड–२०७८” अनुसार सम्झौता गर्ने कार्यालयहरुको त्रैमासिक (२०७८ साल श्रावण, भाद्र र आश्विन) मुल्याङकनमा उत्कृष्ट कार्यसम्पादन गरी प्रथम हुने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई उत्कृष्ट कार्य सम्पादनको उच्च कदर स्वरुप प्रशंसा पत्र प्रदान गरिएको छ ।