मालिगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई)कुवेर कार्यालयभित्रै रक्सी सेवनदेखि प्रहरी कर्मचारीमाथि दादागिरी देखाउँदै

  •   काठमान्डाै
  •   १० भाद्र २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं भाद्र १० गते

महानगरीय प्रहरी वृत मालिगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) अमरबहादुर कुँवरले तल्लो दर्जाका प्रहरी कर्मचारीमाथि दादागिरी देखाउँदै आएका छन् । विगत अढाई बर्षदेखि सुवेदार मेजरको जिम्मेवारी पाएका सई कुँवरले कार्यालयभित्रै रक्सी सेवनदेखि केटीसम्म राख्ने गरेका छन् ।

सई कुँवरलाई रक्सी, खाजाको व्यवस्थापन नगर्ने तल्लो तहका प्रहरी कर्मचारीमाथि विभिन्न बाहाना बनाई प्रहरी संगठनबाट प्राप्त हुने सेवा सुविधाबाट बञ्चित गराउने गर्दै आएका छन् । कुँवरले पाएको जिम्मेवारीअनुसार कार्यालय प्रमुखलाई तल्लो तहका प्रहरी कर्मचारीको वास्तविक समस्याको जानकारी नगराई सेवा सुविधाबाट बञ्चित गराउँदै आएका छन् ।

सरुवा र बढुवा भई अन्य कार्यालय जाने प्रहरी कर्मचारीहरुबाट रकम असुल गर्ने र एक रातको व्यवस्थान गर्न दवाव दिने र त्यसमा सहमत नभए प्रक्रिया अगाडि नबढाउने गरेको गुनासो प्रहरी कर्मचारीले गरेका छन् ।

कुँवरले विगतदेखि यस्ता कार्य गर्दै आएको हुँदा २०७५ भदौतिर कुँवरविरुद्ध महानगरिय प्रहरी कार्यालय रानिपोखरी, परिसर टेकुमा पीडित कर्मचारीले उजुरी पनि दिएका थिए ।

त्यसपछि रानिपोखरीले कुँवरलाई कारवाही गरी नतिजा पठाउन तत्कालिन कमलपोखरी वृतलाई आदेश दिएको थियो । त्यतिबेल वृह प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) कुलदेव चन्द थिए । उक्त पत्र बोकेर कुँवर चन्दसम्म आफै पुगेका थिए ।

तर कारवाही हुनुको साटो उक्त नै गायव गरिएको थियो ।  महानगरी प्रहरी कार्यालय रानिपोखरीको आदेशअनुसार कुँवरलाई कारवाही नभएपछि झन् मनोवल बढ्यो । आफूलाई खानपानको व्यवस्था नगर्ने कर्मचारीलाई विभिन्न बाहानामा बनाई दुःख दिँदै कुँवरको दादागिरीको सीमा नाघ्यो ।

कार्यालयभित्र सामुहिक खवाई र सुताई हुने भएपनि कुँवरले आफ्नो सुत्ने विशेष कोठाको व्यवस्था गरेका छन् । तल्लो तहका कर्मचारीले खान पनि त्यही पुर्याउनु पर्ने र मदिराको व्यवस्था पनि गर्नु परिरहेको गुनासो अन्य कर्मचारीको छ ।

कुँवरको गलत कार्य यतिमा सिमित रहेन । उनले कार्यालयमा प्राप्त जिन्सी सामानहरु पनि बिक्री गर्ने प्रयास गरेको बताइन्छ । स्रोतका अनुसार पुतलसडक चोक नजिक चावीसहितको व्यवारिसे अवस्थामा भेटिएको बुलेट मटरसाइकल डिउटीमा रहेका प्रहरी कर्मचारीले कार्यालयमा बुझाएका थिए ।

कुँवरले आफू नजिक कर्मचारीलाई प्रयोग गरी उक्त मोटराइकल गोप्य रुपमा बेच्न प्रयास गरेको बताइन्छ । त्यसको लागि कार्यालयमा जडान गरिएको सिसि क्यामारको बत्ति अवरुद्ध गरेर कार्यालयको परिसरमा मोटरसाइकल राखिएको उठाउन लगाएको कर्मचारीले बताएका छन् ।

परिसरबाटै मोटरसाइकल एकाएक हराएपछि वृतमा हंगामा मच्चिएको थियो । कुँवरले मोटरसाइलक अपराध महाशाखाको टोलीले लिएको आरोप लगाए ।

अपराध महाशाखाको टोलीले मोटरसाइकलको धनी पत्ता लगाएर जानकारी गराएका थिए ।  मोटरसाइकल धनी कमलपोखरी वृतमा पुग्दा सई कुँवरले धम्की दिँदै एक हप्तापछि आउने भनेर पठाएका थिए ।

उक्त मोटरसाइल एक हप्तापछि फेरि एकाएक कार्यालय परिसरमा भेटिएको थियो । कुँवरकै योजनामा उक्त मोटरसाइलक बेच्ने योजना बनाएको तर अपराध महाशाखाको टोलीले धनी पत्ता लगाएपछि योजना असफल भएको बताइएको छ ।

हाल कुँवरले आफूसँगै प्रशासन शाखामा काम गर्ने प्रहरी जवानलाई पनि चोरीको स्कुटर चलाउन दिएका छन् । उक्त स्कुटरबारे कार्यालय प्रमुखलाई कुनै जानकारी गराइएको छैन ।

यस्ता हर्कत गर्दै आएका सई कुँवरले २०७७ साउन ३१ गते दिउँसो १ बजेतिर एउटा युवतीलाई आफ्नो कोठामा ल्याएका थिए । उनले कार्यालयभित्रै अलगै सुत्ने विशेष कोठा बनाएका छन् । सोही कोठामा कुँवर र युवतीले ५–६ घण्टा सँगै बिताएका थिए । “उहाँ (कुँवर) को नातेदार भएको भए त्यत्रो समयसम्म कोठामा बन्धक बनाएजसरी राख्नु आवश्यक थिएन । युवतीसँगै कोठाभित्र पस्नु भएको थियो, युवती बाहिएपछि निस्किनुभयो” प्रशासनमै काम गर्ने कर्मचारीले बताए ।

उक्त युवतीलाई ल्याउन र पठाउन प्रशासनमै काम गर्ने एक कर्मचारीले सहयोग गरेका थिए । युवती मुख छोपेर कार्यालयभित्र प्रवेश गरेको र जानेबेला पनि त्यसैगरी बाहिरिएको सँगैका कर्मचारी बताउँछन् ।

त्योभन्दा पहिले पनि सई कुँवरले कार्यालयभित्र युवतीलाई ल्याएको अन्य कर्मचारीले थाहा पाएपछि हंगामा मच्चिएको थियो । तर, त्यतिबेला आफ्नी श्रीमती भन्ने जवाफ दिएका थिए ।

सई कुँवरले कार्यालयका सामानामा पनि आँखा लगाउने गरेका छन् । कमलपोखरीबाट वृत मालिगाउँ स्थान्त्रण हुँदा नयाँ कार्यालयको लागि भनेर खरिद गरिएका ५–६ स्टील र फलामका कुर्सीबीच बाटोबाटै ट्याक्सीमा राखेर आफ्नो कोठामा लगेको कर्मचारीले बताएका छन् ।

त्यसैगरी सईको कुँवरकै आडमा अन्य कर्मचारीले प्रहरी संगठनको अनुशासन विपरित काम गर्दै आएका छन् । आफू नजिकका कर्मचारीलाई अनुशासनविपरित कार्य गर्दा पनि छुट दिँदै आएका छन् । महिला तथा बालबालिका सेवा केन्द्रको जिम्मेवारी पाएकी प्रहरी जवान शुशिला कार्कीले पनि कुँवरकै आडमा कार्यालयमा हाजिर नहुने र जिम्मेवारी पूरा नगर्ने गरेको सँगै काम गर्ने कर्मचारीहरु बताउँछन् ।

कार्की अधिकांश समय कार्यालय बाहिर नै हुन्छन् र आउँदा पनि पोशाकविहीन आएर हाजिर लगाएर बाहिरिने गरेको बताइएको छ ।  त्यस्तै, कुँवरले आफू निजकका कर्मचारीले मदिरा सेवन गरी डिउटीमा आउँद पनि विभागीय कारवाही नगरी बचाउँदै आएका छन् । संगठनको अनुशासन विपरित काम गरेका एक कर्मचारीलाई कारवाही भन्दै झन् सजिलो डिउटी मिलाएका छन् ।

सई कुँवरकै संरक्षरणमा मोटरसाइकल डिउटी गर्दै आएका प्रहरी जवान शेखर खरेलले संगठनको अनुशासन विपरित कार्य गर्दै आएका छन् ।

उनले केही समय अघि आफू सई भएको भन्दै पुतलीसडकस्थित इन्टरटेटमेन्ट रेष्टुरेन्ट एण्ड डान्सबारमा खाएको बील नतिर्ने भन्दै झगडा गरेका थिए ।

डान्सबारका संचालकले प्रहरीको १०० नम्बर फोन गरेर सई हुँ भन्दै खरेलले धम्की दिएर खाजा खाएको बील नतिरेको जानकारी गराएका थिए ।
रानिपोखरी तुरुन्त तत्कालिन डिएसपी भरत बिकलाई कारवाही गर्न निर्देशन दिएको थियो ।

त्यसपछि खरेललाई कारवाहीरुवरुप मोटरसाइकल डिउटीबाट नया कार्यालय प्रमुख अाएपछि हटाइएको थियो ।

-स्राेत अनलाईन डबली

Leave a Reply

Your email address will not be published. Required fields are marked *