‘माछि भुल्यो’ मा पल र रियासाको अभिनय
काठमाडौं / नायक पल शाह र रियाशा दाहालको अभिनय रहेको ‘माछि भुल्यो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गायक तथा सर्जक प्रवान जे र भारतिय गायीका दिपशिखाको स्वर रहेको छ ।
नायक पल शाहको काँठे गीतमा अभिनय गरेको यो पहिलो पटक हो भने भारितिय गायीका दिपशिखाले पनि पहिलो पटक लोक दोहोरी गीतमा आफ्नो आवाज दिएकी हुन् । नेपालको ईतिहाँसमै भारतिय गायीकाले लोक दोहोरी गाएको यो नै पहिलो पटक हो । क्लासिकल विधामा अब्बल रहेकी दिपशिखाले ७० भन्दा बढि गीत गाईसकेकी छन् । भारतको लखनउमा जन्मेकि उनि मुम्बईमा बस्दै आएकि छन् । उनले हाल सम्म १० भन्दा बढि नेपाली गीत गाईसकेकी छन् । उनले रेडियो नेपालमा समेत गीत रेकर्ड गराईसकेकि छन् ।
भिडियोको निर्देशन प्रभावन जे, छायाँकन ज्ञानेन्द्र शर्मा हुँमागाई, कास्टिङ निर्देशन राजाराम गौतम, करियोग्राफ सन्तोष राजवाहक, सम्पादन डिन्शन शाह, श्रृगार सरिता प्रजापति, निर्माण व्यवस्थापक विवेक चौलागाई, निर्माण नियन्त्रक श्याम धितालको रहेको छ ।
प्रभावन जे को शब्द रहेको गीतमा एरेन्ज जिवन वडुको रहेको छ । गीतको भिडियो डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न