महिला बालबालिका विरुद्ध हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरी गम्भीर :-ठाकुर प्रसाद ज्ञवली

  •   काभ्रे
  •   १९ असार २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

राजेश तिमल्सिना

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले ईलाका प्रहरी कार्यालय छिन्छु सुर्खेतको नवनिर्मित कार्यालय भवन उद्‍घाटन गर्नु भएकाे छ ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले ईलाका प्रहरी कार्यालय छिन्छु सुर्खेतको नवनिर्मित कार्यालय भवन, आवास भवन र भान्छाघरको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी कर्मचारीहरुले नवनिर्मित भवनलाई आफ्नै हो भने महसुस गरी आवश्यक मर्मत सम्भारका साथ उचित उपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

भवन अहिले बनेपनि प्रहरी कर्मचारीहरु आउने जाने क्रम जारी रहने हुनाले नवनिर्मित भवन नगरपालिका र स्थानीयबासीहरुकै सम्पत्ति भएकोले भवनको जगेर्ना गर्न नागरिक समाजलाई अनुरोध समेत गर्नुभयो । कोरोना भाइरसको कारणबाट उत्पन्न विषम परिस्थितिमा अग्रपंक्तिमा काम गर्ने प्रहरी कर्मचारीहरुले अझै हौसलाको साथ अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले लकडाउनको समयमा हुने गरेका महिला बालबालिका विरुद्ध हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरी गम्भीर भएर लागिरहेको बताउनुभयो । समाजमा हुने अपराध नियन्त्रणका लागि सरोकारवाला निकायहरुले समेत आफ्नो जिम्मेवारी महसुस गरी आ-आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्तले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मी र भेरी गंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले समेत आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

UNOPS को आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको उक्त नवनिर्मित भवनहरु २०७५ कार्तिक २६ गतेबाट निर्माण कार्य शुरु भएको ईलाका प्रहरी कार्यालय छिन्छुले जनाएको छ ।

कार्यक्रममा भेरी गंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्य दकाल, UNOPS निर्देशक ईन्द्र न्यौपाने, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, संचारकर्मीको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *