
महिला अधिकारकर्मी तथा समाजसेवी स्व.बुधनी देवी रामकी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
विशुनदेव /लहान
सिरहाको कर्जन्हा नगरपालिका वडा न. २ मा आज महिला अधिकारकर्मी तथा समाजसेवी नेत्री स्वर्गीय बुधनी देवी रामकी तेह्रौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ। श्रद्धाञ्जली कार्यक्रममा उपस्थित सम्पूर्णले फुल माला सहित स्व. बुधनी देवीकाे स्वर्गमा बासको कामना गरेका थिए।
प्रदेश २ जसपा नेत्री रेणु यादव द्वारा मैनवती बालेर कार्यक्रम अघि बढाएकाे थियाे ।
बुधनी देवी महरा जनता समाजवादी पार्टी नेपालबाट कर्जन्हा नगरपालिका वडा न.२ का प्रत्यासी उम्मेदवार थिईन।
श्रद्धाञ्जली कार्यक्रमका अध्यक्षता नेता राम भरोस महतोले गरेका थिए।त्यसैगरी प्रमुख अतिथि प्रदेश न.२ का प्रदेश सांसद सुनिता रामकी अनुसार संघर्षशील ,निडर र राम्री छवि भएकी समाजसेवी भएकी अभिव्यक्ति दिईन।
यो सँगै विशिष्ट अतिथि जसपा प्रदेश न.२का रेणु यादव र कर्जन्हा नगरपालिका प्रत्यासी उम्मेदवार लगायत दर्जनौं नेता कार्यकर्ताको गरिमामय उपस्थिति रहेकाे थियोे ।
सांसद तथा भु.पु. मन्त्री धर्मनाथ यादव बुधनी महराकी स्वर्गवासले हामी स्तब्ध छौँ , वहाँ आफैंमा एउटा आदर्श थिईन , मधेशी , दलितको हक अधिकार सुनिश्चित गर्न अहोरात्र खटेकी थिईन। कुनै किसिमको मोर्चामा पछि नपर्ने नेत्री थिईन।कुशल नेतृत्व , ईमानदारीको नाम नै बुधनी देवी अबको युगमा भेट्नै गाह्रौ छ।
त्यसतै जसपा कर्जन्हा नगरपालिका अध्यक्ष केशव साहका अनुसार भ्रष्टाचार सामाजिक दलितको विकास निर्माण कार्य गर्नमा ठुलो क्षति भएको साथै स्व. बुधनीको विचार धारा अमर रहने बोल्दै कार्यक्रम सम्पन्न गरेका थिए।