महामारीमा किरणोदय बहुउद्देश्यीय सहकारी संस्थाकाे उत्कृष्ट सेवा/ व्याजमा १००% सम्म छुट

  •   काठमाडौं
  •   २३ भाद्र २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं भाद्र २३ गते

विश्व काेराना महामारिकाे चपेटामा रहेकाे छ ।प्रधान कार्यालय कलङ्की रहकाे किरणोदय बहुउद्देश्यीय सरकारी संस्था ले कोरोना माहामारीको यस जटिल समयमा पनि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।यो संक्रमण अबधी भरिको समय लाई शून्य अबधी मानी कर्जा उपभोग गर्नु हुने सदस्यहरुलाई व्यवसायको पहिचान गरी ब्याजमा १००% सम्म छुट उपलब्ध गराईएको छ

उच्च संक्रमण ग्रस्त क्षेत्रहरू कलंकी १४ र भोटाहिटी २७ बाट सेवा प्रदान गर्दै आएको यस सहकारीको दुबै कार्यलय कोरोनाको उच्च जोखिम क्षेत्र हुन ।
दुबै कार्यालय अासपास महामारि जाेखिम बढ्दै गएपछि सेवाग्राहीकाे समस्या ध्यानमा राखि डिजिटल मध्यमबाट कारोबार अघि बढाईएकाे हाे ।सम्पूर्ण सदस्यहरूलाई आफ्नो दैनिक कारोबार गर्न डिजिटल माध्यमबाट सहज बातावरणको सिर्जना गरिएको छ ।

आफ्ना सम्पूर्ण सदस्यहरु को आर्थिक कृयाकलाप नरोकियोस र आवश्यक सदस्यले अप्ठ्यारो अवस्थाको सिकार बन्नु नपरोस भन्ने हेतुले कार्यलय संम्पर्क ब्यक्ति तोकि सर्भिस अन कल सेवा उपलब्ध गराईरहेको छ।

आजको यो विसम परिस्थितीमा “स्वास्थ्य नै ठुलो धन हो”भन्ने मुल मन्त्र लाई मनन गरी संस्था र संस्थाको सदस्यहरु बाट प्राप्त स्वास्थ्य सामाग्री न्यून आय भएका सदस्यहरुमा उपलब्ध गराईरहेको छ ।यो संक्रमण अबधी भरिको समय लाई शून्य अबधी मानी कर्जा उपभोग गर्नु हुने सदस्यहरुलाई व्यवसायको पहिचान गरी ब्याजमा १००% सम्म छुट उपलब्ध गराईएको छ भने यो संक्रमणको अबधी ले गर्दा बन्द को अवस्था मा पुगेको वा आर्थिक भार ले थिचिएका सदस्यहरु लाई थप रु ५००००/- सम्म (पचास हजार मात्र) कर्जा सिमा थपिएको जानकारी कृष्णहरी सापकोटाले दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *