महानिरीक्षक थापा क्षेत्री द्वारा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतका कार्यालयहरूको निरीक्षण

  •   काभ्रे
  •   १८ मंसिर २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री द्वारा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतका जिल्ला प्रहरी कार्यालयका प्रमुख, अपराध अनुसन्धान शाखा प्रमुख, प्रदेश ट्राफिक प्रहरी कार्यालय, सशस्रत्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गणका कार्यालय प्रमुख तथा बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्नुभयो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतका कार्यालयहरूको निरीक्षण भ्रमणमा पाल्नु भएको यस अवसरमा नेपाल प्रहरी संगठन प्रमुख, श्रद्धय श्रीमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ज्युबाट बागमती प्रदेश प्रहरी कार्यालयको सम्पुर्ण गतिविधीको सम्बन्धमा जानकारी लिनुहुनका साथै यस कार्यालय अन्तर्गतका बिभिन्न भौतिक संरचना एवं कार्यालयहरुको समेत निरीक्षण तथा अवलोकन गर्नुभयो, प्रहरी महानिरीक्षकबाट आजै जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश सशस्त्र प्रहरी गण हेटौंडाको समेत निरीक्षण एवम सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन भएको साथै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा भएको निर्देशन सम्बोधन कार्यक्रमको अवसरमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बागमती प्रदेश प्रहरी कार्यालयको संक्षीप्त गतिविधी र प्रदेश प्रहरी कार्यालयको आगामी योजना तथा रणनितीको सम्बन्धमा प्रहरी महानिरीक्षक समक्ष जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *