महानगर ट्राफिक प्रहरीलाई समस्या खाना खुवाउने कोर्ट मास्टरको बदमाशी:

  •   काभ्रे
  •   ८ भाद्र २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

महानगर ट्राफिक प्रहरीलाई समस्या खाना खुवाउने कोर्ट मास्टरको बदमाशी:

“कोरोनाको महामारीमा घरपरिवार नभनी अहोरात्र डिउटीमा खटिने ट्राफिक प्रहरी जवानहरूले हाईजेनिक खाना खान पाएको छैनन् । कोरोनाका कारण बजारमा खाद्यान्न, तरकारीको अभाव रहेको कारण देखाउदै तोकिएको रासन स्केल खुवाएको छैनन् ।उपत्यकाको अन्य प्रहरी कार्यालयहरूमा मासिक रू. २२०० देखि रू.३००० सम्ममा राम्रो र मिठो खाना खुवाईन्छ तर ट्राफिक महाशाखामा भनेसवैभन्दा महङ्गो रू. ४००० मा मासिक खाना खुवाईन्छ ।”

भदौ ८, काठमाडौ ।

सडकमा सवार गर्ने सवारीदेखि पदैल हिँड्ने यात्रुलाई सचेत र सजग बनाउने जिम्मेवारी ट्राफिक प्रहरीको हुन्छ । बढ्दो शहरीकरण, सवारी साधन र सडक प्रयोगकर्ताको अत्याधिक चापलाई व्यवस्थित गर्नु ट्राफिक प्रहरीलाई चुनौतीको विषय भएको छ । देशभर प्रमुख समस्याको रुपमा रहेको सवारी दुर्घटनालाई न्यूनिकरण गर्नु ट्राफिक प्रहरीको लागि जटिल विषय बनेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सहित अधिकृत जवानहरू काठमाडौँ उपत्यकाको सहज र सुरक्षित ट्राफिक व्यवस्थापन तथा विश्व माहामारी रहेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि  विगत ५ महिनादेखी सुरक्षित क्वारेन्टिन (ब्यारेक) मै रहेर दिनरात नभनी आफ्नो काविल क्षमता प्रदर्शन गरिरहेका छन् । तर केही प्रहरी अधिकृतलाई चित्त बुझाएको भरमा बग्गीखानामा खाना खुवाउने कोर्ट मास्टर हवल्दार गणेश केसीले भने गलत हर्कत प्रर्दशन गरिरहेका छन् । बदमासी गरिरहेका छन् ।अहिलेको यो अवस्थामा अग्रस्थानमा काम गर्नेहरुमध्ये सडकमा सबैभन्दा पहिले ट्राफि निस्किएको छ । त्यसरी नै जनपद प्रहरीको पनि आफ्नो कार्य अनुसार परिचालन भएको छ । सडकमा गुड्ने सवारी चालक र मानिसहरुसँग सिधा सम्पर्कमा हुने भनेको ट्राफिक प्रहरी नै हो । लकडाउन सुरु भएदेखि नै हामीले आफू सुरक्षित भएर सर्वसाधरणलाई सुरक्षित गराइरहेका छौँ । हामीले सर्वसाधरणलाई दिनुपर्ने सडक सुरक्षादेखि स्वास्थ्य सुरक्षामा कुनै सम्झौता गरेका छैनौँ ।
कोरोनाको महामारीमा घरपरिवार नभनी अहोरात्र डिउटीमा खटिने ट्राफिक प्रहरी जवानहरूले हाईजेनिक खाना खान पाएको छैनन् । कोरोनाका कारण बजारमा खाद्यान्न, तरकारीको अभाव रहेको कारण देखाउदै तोकिएको रासन स्केल खुवाएको छैनन् । त्यतिमात्र नभई भेदभावपूर्ण व्यवहार गर्दछन् । अझ भनौ मदेशी समुदायका र बोल्न डराउने सोझा जवानहरूलाई कुकुर सरह हेप्दछन् । तैँले घरमा यस्तो
खाना खान पाएको छस् ?, आज नखाए पनि केही हुदैन जस्ता निच र घृणित शब्दहरू जवानहरूलाई प्रयोग गर्दछन् । राम्रा तरकारी नल्याउने, पखेटाखुट्टा, हड्डी भएका
मासुहरू खुवाउने गर्दछन । हप्तामा कुन दिन कुन खाना खुवाउने रासन स्केल तालिकालाई विभिन्न वरवहाना बनाएर खाना नै नखुवाउने गरेको एक जवानले बताए । उनले केही
साथीहरूले यसको बारेमा रोलकलमा राख्दा भोलिपल्ट सरूवा भएको पनि उदाहरण रहेको बताए । सरूवाको डरले नै कुरो बाहिर नआउने कारण यो समस्या कार्यालय प्रमुखसम्म यो कुरा
नपुग्ने गरेको रहेछ । फौजी जीवनमा रोलकल भनेको आफ्ना समस्याहरू सिलसिलेवार रिपोर्ट भई समाधान हुने थलो भएकोले निकै महत्वपूर्ण मानिन्छ । अनि खाना पकाउने भान्सेहरूलाई
घरेलु कामदार जस्तो व्यवहार गर्दछन् ।

कसरी हुन्छ बदमाशी ?

कोर्ट मास्टरले आफ्ना २/४ जना मान्छेहरू र केही बदमासी अधिकृतहरूलाई रासनमा छुट दिने तथा साँझ परेपछि केहीव्यवस्था गरेर बदमासी गरिरहेका छन् । ती नजिकका मान्छेहरू खाना खाने मेश वरिपरि नै घुमिरहेका हुन्छन् र कसैले गुनासो गर्‍यो भने साथ दिनुपर्ने, सुनुवाई हुनुपर्नेमा पुलिसमा यस्तै त हो नि भनेर गुनासो दवाउने र तिमी त राम्रो मान्छे भनेको त रहेनछौभन्ने गर्दछन्  । एक दिन त के सम्म भयो भने
एक जना हवल्दारले खाना खाने वेलामा खाना नखानु कति ल्याङ ल्याङ गरेको भनि कोर्टमास्टरले गलत व्यवहार गरेको कारण आजसम्म नि बाहिर खाना खाने गर्दछन । हाल बाध्यताबश: कोरोनाको कारण क्वारिटिनमा रहेकोले मेशमा खाना खाईरहेको कतिपयले क्वारेन्टिन खुल्नासाथ कतिपय प्रहरीहरू बाहिर होटलहरूमा खाना खान जान्छन । पहिले उक्त मेशमा खाना खाने टेबलमा पर्याप्त मात्रामा पानी खाने गिलास अनि जगहरू हुन्थ्यो तर उसले मेश चलाउने जिम्मेवारी पाएदेखि त्यो सबै हटाएर शुरूवातदेखि नै बदमाशीको नमुना प्रर्दशन गरेका थिए । त्यो मात्रा नभई अझ मेशमा खाना नखाने असई सईलाई सलामै गर्दैनन् ।

फौजीमा राम्रो, गुणस्तरीय र सर्वसुलभ मुल्यमा खाना खवाउन भनेर नै अन्य केही डिउटी पनि नलगाई खाना खुवाने कामका लागि कोर्टमास्टर सर्वसम्मत तोकिएको हुन्छ । उपत्यकाको अन्य प्रहरी कार्यालयहरूमा मासिक रू. २२०० देखि रू.३००० सम्ममा राम्रो र मिठो खाना खुवाईन्छ तर ट्राफिक महाशाखामा भने सवैभन्दा महङ्गो रू. ४००० मा मासिक खाना खुवाईन्छ ।

दिनरात धुवाँ धुलो घामपानी रोग व्याधी नभनी नागरिकलाई सहज र सुरक्षित सवारी आवागमनका लागि खटिने कर्मठ प्रहरी जवानहरूले सर्वसुलभ मुल्यमा सम्मानका साथ सन्तुलित भोजन गर्न पाए उच्च मनोबल हुन्थ्यो कि । दिनदहाडै हुने यस्ता साना घोटला रोकिएमा फिल्डमा अलि अलि बाँकी रहेको पैसा खाने प्रवृत्ति रोकिने थियो कि, अनि व्यावसायिकतामा निखार आउथ्यो कि । महानगरीय
कार्यालयहरूमा आपसी भाईचारा र पारिवारीक सम्बन्ध बढाउन शुरूवात गरेको संयुक्त मेशको अवधारणाले सार्थकता पाउथ्यो कि । प्रहरीको राशनमा हुने ठगी नियन्त्रणका लागि
ल्याईएका राशन निर्देशिकाले काम गर्थ्यो कि , तर ट्राफिक महाशाखामा कहिले हुने खै ? त्यस्तो हर्कतलाई अझै मलजल हुन्छ कि कारबाही ? अब यस्ता साना समस्याहरू समाधान गरेर ट्राफिक महाशाखा अझै उत्कृष्ट र नमुना हुनेछ, आफ्नो उच्च छविलाई सदैव कायम राख्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *