
महानगरीय प्रहरी परिसर ,काठमाडौको पहिलो पटक स्मारिका २०७८ विमोचन
समुदाय प्रहरी साझेदारी अवधारण अन्तर्गत समुदायको सुरक्षाको आधार स्थानिय जनता नै हो भन्ने तथ्यलाई मनन गर्दे अपराध रोकथाम, नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापन गर्ने उद्देश्यले सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप समुदाय र प्रहरी वीचको साझेदारीलाई थप प्रभावकारी गराउन “हर प्रहर, गाँउ र नगरी, टोल टोलमा नेपाल प्रहरी” भन्ने नाराका साथ महानगरीय प्रहरी परिसर काठमाडौद्धारा स्थानिय सरकार र समुदाय समेत लाई उत्तरदायी वनाई सहकार्य गरी मिति २०७५कार्तिक ११ गतेदेखि हालसम्म ४१ हजार ८ सय ५१ वटा विभिन्न कार्यक्रम संचालन गरी शान्ति सुरक्षाको व्यवस्थापन, अपराध रोकथाम, नियन्त्रण गर्दा गरेका कार्यहरुको अभिलेख राख्नको लागि स्मारिका प्रकाशन गरिएकाे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिहंले बताउनु भयाे ।
वरिष्ठ उपरीक्षक सिंहबाट तयार गरिएको स्मारिका २०७८ को विमाेचन महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षक हरि वहादुर पाल ज्यूबाट भएकाे महानगरीय परिसरले जानकारी दिएकाे छ ।