महानगरीय प्रहरी परिसरले चार महिनामा ७२५ भन्दाबढि फरार अभियुक्त पक्राउ

  •   काभ्रे
  •   ६ चैत्र २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

महानगरीय प्रहरी परिसर काठमाडौंले चार महिनामा ठूलो संख्यामा फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

२०७७ मंसिर ८ गतेदेखि एसएसपी अशोक  सिंहले काठमाडौं परिसरको कमाण्ड सम्हालेका हुन्। परिसरकाे कमाण्ड सम्हालेलगत्तै सिंहले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई खोजेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता समेत दिएका थिए । अशोक सिंह परिसर आएको चार  महिनामा ७२५ जना फरार अभियुक्त पक्राउ पर्न सफल भएका छन् ।

मंसिर,पाैष, माघ र फागुन महिनामा मात्र ७२५ फरार अभियुक्तलाई पक्राउ गर्न काठमाडौं प्रहरी टिम  सफल रहेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले हाम्रो टिमलाई जानकारी दिनुभयो । पक्राउ पर्नेमा अधिकांश लागुऔषध कारोबारी र ज्यान मुद्दाका फरार अभियुक्तहरु रहेको एसएसपी सिंहले बताए।

पक्राउ परेका अभियुक्तहरुको साथबाट मात्र ७ करोढ ३१ लाख ७८ हजार ३सय ८६ रुपैयाँ  राजस्व उठेको एसएसपी अशोक  सिंहले जानकारी दिनुभएको छ । 

काठमाडौं प्रहरी परिसरले ४ महिना अवधिमा ६२६ वटा मोबाइल र २ हजार ६१० थान मोबाइलको ब्याट्री साथै मोबाइल चार्जर १६५ थान बरामद भएको परिसरका प्रहरी उपरीक्षक  रमेश बस्नेतले जानकारी दिनुभएको छ ।प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार बरामद मोबाइल, ब्याट्रको र चार्जरको बजार मूल्य अन्दाजी  ४६ लाख ५० हजार रहेको बताउनुभयो ।

काठमाडौं प्रहरीले ४ महिना अवधिमा अबैध  हुण्डी कारोबार गर्ने १७ जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन  ललितपुर पठाइएको प्रहरी उपरीक्षक रमेशकुमार  बस्नतले जानकारी दिनुभयो । अबैध  हुण्डी कारोबारिको साथबाट २ करोड ६१ लाख ५२ हजार बरामद भएको एसपी बस्नेतले जानकारी दिनुभयो ।

साथै काठमाडौं परिसरले लागुऔषध कारोबारमा संलग्न ६३ जना पक्राउ गरेको छ । लागुऔषध कारोबारीहरुको साथबाट ७ लाख ९५ हजार मूल्य नगद बरामद भएको एसपी बस्नेतले जानकारी दिनुभयो ।

महानगरीय प्रहरी कार्यालय काठमाडौं परिसरकाे  नेतृत्व सम्हालेकाे ४ महिनामा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले काठमाडौं   उपत्यकाको शान्ति सुरक्षा सुदृढ पार्ने, आम नागरिकमा प्रवाह गरिने सेवा निष्पक्ष, पारदर्शी, छिटो छरितो एवं सहज तुल्याउने र प्रहरी कर्मचारीको सुविधा अभिबृद्धि गर्ने अभियान एक साथ शुरुआत गर्नुभएको छ।

हरेक प्रहरी कार्यालयमा आम नागरिकको सुबिधाका लागि प्रहरी सहजकर्ताको व्यवस्थाले एकातर्फ प्रहरी सेवा प्रवाहमा चुस्तता आएको छ । काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई कसरी सुदृढ बनाउने भन्ने विषयलाई नै केन्द्रमा राखेर योजना बनाएको । अहिले कायम रहेको शान्ति सुरक्षालाई थप मजबुद बनाउन थप प्रहरी र साधन स्रोतको परिचालन गर्नुका साथै नतिजा हासिल गर्ने काममा मेरो ध्यान केन्द्रित भएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *