महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुकाे भवन एसएसपी जनक भट्टराईबाट शिलान्यास

  •   काभ्रे
  •   ९ श्रावण २०७८, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

ट्राफिक प्रहरीकाे कामकाज सहज बनाउनकाे लागि कुमारी क्लबकाे संयाेजनमा र स्थानीयकाे सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको हाे । गुरु पूर्णिमाकाे विशेष अवसर पारे महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुकाे भवन शनिबार ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले शिलान्यास समेत गरेका छन् ।

शिलान्यास कार्यक्रममा बाेल्दै महाशाखा प्रमुख एसएसपी भट्टराईले नागरिकको साथ सहयोग र मायाले नै ट्राफिक प्रहरी अगाडि बढ्ने बताए । स्थानीयले गरेको याे सहयोग नागरिक प्रहरी सम्बन्धकाे एउटा गतिलो उदाहरण समेत भएको भट्टराईले बताए ।सडक दुर्घटना न्यूनीकरण देखि सामाजिक अपराधहरु न्यूनीकरणमा नागरिक प्रहरीको सहकार्य उत्तिकै महत्त्वपूर्ण भएको समेत भट्टराईले बताए ।

उपत्यकाको ट्राफिक व्यवस्थापन विगतको भन्दा धेरै कुरामा सहज भएको र नागरिकको यात्रालाई सुरक्षित बनाउन ट्राफिक प्रहरी तत्लिन भएको भट्टराईकाे भनाइ छ ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि , भवन निर्माण समिति अध्यक्ष माेहन कुमार बस्नेत ,विषेश सल्लाहकार नानू माया बास्ताेला,कालिमाटीका डिएसपी अपिल बाेहरा,कलंकीका ट्राफिक इन्चार्ज शंकर खड्का ,पत्रकार लगाएतकाे सहभागीता रहेको थियोे ।

ट्राफिक प्रहरी सई मिलन सिंहको पहल र क्लबका अध्यक्ष नहकुल हमाल ठकुरीकाे सहजिकरणमा निर्माण हुन लागेको भवनको लागत अन्दाजी ३५ लाख बराबरमा रहेको छ ।एउटा किचन सहित ४ काेठा रहने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *