मलेसियन क्लबसंग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टिम घोषणा

  •   काठमाडौं
  •   ३१ श्रावण २०७६, शुक्रबार
  •   त्रिबेणी
0Shares

काठमाडौं – मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले मलेसियाको लिग च्याम्पियन क्लब सँगको मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नेपालले डारुल टाजिम एफसीसँग भदौ नौं गते मैत्रीपूर्ण खेल खेल्दैछ । खेल डारुल टाजिमको मैदानमा हुनेछ । नेपाली टोलीका कप्तान बिराज महर्जन, किरण चेम्जोङ र रोहित चन्दले टिममा स्थान बनाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *