
लेखक:-प्रहरी निरिक्षक बोध रेग्मी
"आमा"
यदि कहीं साक्षात् भगवान भेटिन्छन् त बाबुआमा नै हुन् । जन्मदिनको पावन अवसरमा आमाको सुस्वास्थ्य, सम्वृद्धि, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
मेरी ममतामयी आमा प्रति समर्पित, मेरो सिर्जना :-
” मेरी आमा “
सूर्य निल्दै मलाई अमृत पिलाउने
संघर्षकी प्रतिमूर्ति मेरी आमा
जून जस्तै चम्किरहन्छिन्
मेरो हर स्वास अनि
खूनको बुंद बुंदमा मेरी आमा
नशा नशामा बगिरहन्छिन्
मन्दिर गुम्बा चैत्य मस्जिद
किन जाऊ म ?
देवी हुन् मेरी आमा
काली दूर्गा लक्ष्मी सरस्वती हुन मेरी आमा
नौ नौ महिना कोखमा राखेर
धर्ती टेकाउने सृष्टि कर्ता मेरी आमा
फूल जस्तै फूलिरहन्छिन्
मेरो धन दौलत नै मेरी आमा
हिरा मोती मणि अनि सून हुन् मेरी आमा
सुमधुर संगीत की धून हुन् मेरी आमा
जुगौ जुग तिम्रै कोख बाट
जन्मिन पांऊ
सारा दुःख पीडा भुलेर
तिम्रै माया मा पुल्पुलिन पाऊं
सदैव तिम्रो ऋणि हुनेछु, मेरी आमा
मेरी आमा शूक्लपक्षकी पूर्णिमा हून्
सधैं भरी यसरी नै चम्किरहनेछिन् ।
यसरी नै चम्किरहनेछिन् ।।