
मदरल्याण्डलाई भक्तपुर कप फुटबलको उपाधि

भक्तपुर, मदरल्याण्ड स्कुलले दाेश्राे अन्तर विद्यालय स्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताकाे उपाधी स्प्रिङ हिल स्कुललाई शुन्य का विरुद्ध १ गाेलले जितेको छ ।

भक्तपुरमा भएको दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको उपाधि मदरल्याण्ड स्कुलले स्प्रिङ हिल स्कुललाई १-० ले पराजित गर्दै हात पारेको हाे । भक्तपुर एफसी ११ र स्प्रिङहिल इंगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरको संयुक्त आयोजना तथा सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरको सहयोगमा आयोजित गत बुधबारदेखि सुरु भएको दोश्रो अन्तर विद्यालयस्तरीय प्रतियोगितामा स्प्रिङडेल स्कुललाई हराउँदै सुर्यविनायक वडा ९ स्थित मदरल्याण्ड स्कुल प्रतियोगितमा विजयी भएको हो ।
महेश्वरी खेल मैदानमा सम्पन्न प्रतियोगिताकाे फाइनलमा मदरल्याण्डले खेलकाे पहिलो हाफमा सुनिल थुयाजूले हानेकाे कर्नर गाेल भएपछि साेहि गाेलकाे मद्दतले विजयी भएको हाे ।
विजयी भएसँगै मदरल्याण्ड स्कुलले दशहजार नगद र उप विजेता स्प्रिङडेलले पाँच हजार नगदसहित कप, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगिताका विजयी तथा उत्कृष्ट हुन सफल टिमहरुलाई बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले नगद पुरस्कार, कप तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा मदरल्ल्याण्डका सुदिल थुयाजूले उत्कृष्ट खेलाडी, सुनिल लामा उत्कृष्ट किपर तथा अतित तामाङले उत्कृष्ट रक्षकको उपाधि हासिल गरे भने स्प्रिङडेल स्कुलका आजाद प्रजापति फाइनल खेलका म्यान अफ दी म्याच भएका थिए ।
प्रतियोगिताका विजेता मदरल्याण्ड स्कुलका फुटबल कोज पूर्व फुटबल खेलाडि कन्चन थापा मगर रहेका छन् ।
आयोजक भक्तपुर एफसी ११ का अध्यक्ष राम प्रजापतिले भक्तपुरको फुटबल खेललाई अगाडि वढाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको जनाए । विद्यार्थीलाई राम्रो फुटबलर बनाउन सके भोलि मजबुद फुटबल टिम वन्ने आशाका साथ प्रतियोगिता गरेको अध्यक्ष प्रजापतिले बताए ।
आयोजक भक्तपुर एफसी ११ क्लब भक्तपुरकै पुरानो फुटबल क्लव हो । यो जिल्लामा रहेको धेरै फुटबल क्लबहरुमध्ये सक्रिय फुटवल क्लव पनि हो । यस क्लबमा भक्तपुर कै पुराना खेलाडी शिवजी श्रेष्ठ लगायतका पुराना फुटवल खेलाडीहरु आवद्ध रहेका छन् ।