मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित

  •   काभ्रे
  •   ८ श्रावण २०७९, आईतवार
  •   खबर न्युज नेपाल
0Shares
अमरकृष्ण चन्द

मदरल्याण्डका खड्का सम्मानित
काठमाडौं, मदरल्याण्ड स्कुल भक्तपुरका प्रिन्सिपल संजय खड्का चन्द्रलाेक प्रतिष्ठानले प्रदान गरेको राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित भएका छन् ।
मदरल्याण्ड स्कुल भक्तपुरका संचालक एवं प्रिन्सिपल संजय खड्कालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले सम्मान गरेका हुन् । चन्द्रलोक प्रतिष्ठानको आयोजनामा सम्पन्न एक कार्यक्रममा मन्त्री कुवर र विशिष्ट अतिथि नेपाल सरकारका पूर्व मन्त्री एवं पूर्व सचिव तथा वरिष्ठ साहित्यकार शंकर प्रसाद कोईरालाले “राष्ट्रिय शिक्षा सेवा” सम्मान प्रदान गरेका हुन् ।

रसियन कल्चर सेन्टरमा अायाेजित कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष समेत रहेका शिक्षाकर्मी खड्कालाई शिक्षा क्षेत्रमा उल्लेखनीय सेवा गरे वापत ‘राष्ट्रिय शिक्षा सेवा’ सम्मानबाट सम्मानित गरिएको हाे ।
लामो समयदेखि शिक्षा क्षेत्रमा रहेका खड्कालाई राष्ट्रिय शिक्षा सेवा सम्मान २०७९ बाट सम्मान गरिएको चन्द्रलाेक प्रतिष्ठानले जनाएको छ ।

विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा भएको सम्मान कार्यक्रममा शिक्षासेवी खड्का सम्मानित भएका हुन् । खड्का लामाे समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *