मंगलबार रातिदेखि लागु हुनेगरी पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी

  •   काभ्रे
  •   २ भाद्र २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

भदाै २ गते

मंगलबार रातिदेखि लागु हुनेगरी पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

आज राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजे सम्मका लागी कास्की जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय भएको  प्रहरी उपरिक्षक  जीवन श्रेष्ठले  जानकारी दिए ।
अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने र  अनावश्यक हिडडुल गर्ने समेत राेक लगाईएकाे छ।

आज बिहान८ बजे बसेको जिल्ला स‌ंकट व्यवस्थापन समिति (सिसिएमसि)को बैठकले पोखरा सहित कास्की जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि  सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि  पोखरा भदौ ७ गते राति १२ बजे सम्मका लागी निषेधाज्ञा जारी भएको बताए ।

निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्ण  निजि, सार्वजनिक संघ  संस्था सहित  सम्पूर्ण सरकारी कार्यालय समेत बन्द हुने विज्ञप्तिमा उल्लेख छ  ।दुधजन्य ,फलफुल,किराना पसल भने विहान ५ बजे देखि ८ बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खुल्ने बताएकाे छ । हाल सम्म गण्डकी प्रदेशमा काेराेना संक्रमित संख्या १७३४ पुगेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *