भ्रष्टाचार गर्नु भनेको काट्टो खानु बराबर हो ,आफ्नै आमालाई हिंसा गर्नु बराबर हो:-मछिन्द्रकुमार लामा

  •   काभ्रे
  •   २० जेष्ठ २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रेपलाञ्चाेक जिल्ला बेथानचाेक गाउपालीका वडा नम्बर २ साबिक ढुंखर्क-६ निवासी बेथानचाेक क्षेत्र सराेकार समाजका प्रमुख सल्लाहकार एवं हाम्रो बिकास बचत तथा ऋण सहकारी संस्था लि न्युरोडका अध्यक्ष मछिन्द्र कुमार लामासंग कोभिड १९ कोरोना कहर र अन्य समसामयिक बिषयमा गरिएकाे कुराकानी :-

आजभोलि गाउँमा दिनहरू कसरी वित्दै छ ?

• ग्रामीण बस्तिको बसाई एकदम उत्तम ढंगले चलिरहेको छ। साथिभाई संगको भेटघाट, सामाजिक कार्यहरूमा भौतिक उपस्थिति जनाउने, श्री पार्वती बहुमुखी क्याम्पसको सदस्य भएको हुनाले र क्याम्पस निर्माणको चरणमा भयको हुँदा त्यस तर्फ केही समय दिने, लेख रचना लेख्ने,कविता लेख्ने र बाचन गर्ने र गाउँपालिकामा समसामयिक बिषयमा छलफल गर्दै बितिरहेको छ।प्रविधिकाे उच्चतम प्रयोग गरि जुम मार्फत बिभिन्न बैठकहरूमा सहभागी भैरहेको छु।

लकडाउनकाे असर कतिकाे परेकाे छ?

• म काठमाडौँको दुई सहकारी संस्थामा छु। त्यसमध्ये एउटा सहकारी संस्था को सम्पुर्ण दैनिक कार्यहरूको अनुगमन गर्ने गर्दथेँ। सो सहकारी संस्थामा ९ जना कार्यरत छन्। एउटा प्लास्टिक जन्य सामाग्रीहरुको पसल छ । त्यसको नेतृत्व भाइ एगेन्द्र लामा ले गरेको छ ।पसल मातहतमा ५ जनशक्तिहरू प्रत्यक्ष संलग्न थियो। गाउँमा बांसको बिभिन्न प्रकारको सिन्का उत्पादन गर्ने उद्योग छ । यस्को नेतृत्व नेपाली सेनाका पुर्व सुवेदार भिम बहादुर तामाङ (काईला दाइ)ले गर्नु भएको छ।हाल नेपाल अधिराज्यमा भरि त्यहि एउटा संचालित छ । प्रत्यक्षरूपमा उक्त उद्याेगबाट २जना र उक्त उद्योगमा काम गर्ने २५ जना श्रमीक लाभान्वित छन्। ७२ दिन भयो सबै ठप्प छ। यसले आर्थिक रूपमा ठुलै क्षति पुराएको छ भने यसको दुरगामी असर पर्ने पक्का छ।

हजुरकाे विचारमा काेराेना प्रकाेप न्युनिकरण हुन्छ कि हुँदैन ?

• स्वास्थ्य बिषयमा खासै जानकार त हैन तथापी बर्तमान अवस्थामा बिभिन्न संचारमाध्यम (रेडियो, टेलिभिजन, पत्र पत्रिका र ईन्टरनेट)ले संप्रेषण गरे मुताविक कोभिड १९ महामारीको नियन्त्रण सुरक्षित बसाईबाट हुने भएकोले यो रोग न्युनिकरण हुनेमा आशावादी छु। विश्वभरि त्यहि खालको उदाहरणहरू प्रशस्त छ।

स्थानिय सरकारले काेराेना महामारी नियन्त्रणका लागि कस्ता याेजनाहरू अघि बढाएका छन ?

• विश्वको शक्ति सम्पन्न मुलुकहरू त अत्तालिएको अबस्थामा नेपालीहरूले संयमता अपनाउनु सरकारको लागि ठुलो सहयोग हो भन्ने मलाई लाग्दछ। यस रोग नियन्त्रणको लागि स्थानीय निकायले के कस्ता कदम चालेको छ भन्ने बिषयमा थोरै जानकारी छ। बेथानचाेक गाउपालिका कै कुरा गर्नुपर्दा वडा स्तर बाट वडा नं २,३र ४ ले सचेतनाको पम्पलेट, साबुन,सिटामोल र जिवनजल घरघरमा उपलब्ध गराएको थियो। गाउँपालिका स्तर बाट जनताले प्रत्यक्ष अनुभुति हुनेगरी यस रोग नियन्त्रणको लागि केही गरेको जस्तो जानकारीमा छैन।वाह्य अावागमन सहज गर्न सिमानामा हेल्थ डेक्स स्थापना चै भएकाे पाईन्छ

देशकाे अर्थतन्त्रमा धेरै धक्का परेकाे विज्ञहरू बताउनु हुन्छ ?तपाईकाे धारणा के छ ?

• एकदम सहि हो। हाम्रो देश नेपालमा २०७२ सालमा गएको भुकम्पले प्रत्यक्ष प्रभावित १६ जिल्ला भएतापनि त्यसले आर्थिक पक्षमा तीन बर्ष सम्म असर गरेको थियो भने कल्पना गर्नुहोस् आज विश्व बजार ठप्प छ। यसले आर्थिक क्षेत्रमा लामो समय असर गर्ने पक्का छ।

अघिलेकाे परिपेक्षमा आत्महत्या गर्नेकाे संख्या पनि बढेकाे पाईन्छ यसकाे कारण काेराेना महामारि नै हाे कि वा अन्य कारण ले हाेला जस्ताे लाग्छ ?

• कोरोना महामारीको कारणले आत्महत्याको संख्या वृद्धि भएको जस्तो लाग्दैन। आत्महत्याको प्रमुख कारण उद्याे ग धन्दा, कलकारखाना, होटल पसल, पेशा ब्यबसाय ठप्प भएको कारणले मानिस फुर्सदिला भए। मनमा थुप्रै बिषयहरू तरङ्गित भयाे। आत्मबल कमजोर भई मन नियन्त्रण गर्न नसक्नेहरूको जमात बढ्दै गयो र यो परिणाम बढ्यो भन्ने लाग्छ।काभ्रे जिल्लाकाे हकमा लक डाउन भए पश्चात चैत्र देखि जेठ भित्रमा करिब ३५ जनाले अात्महत्या गरेकाे तथ्यांक अाएकाे छ सरदर वर्षमा १०० भन्दा वढि व्यक्ति विभिन्न कारणले अात्महत्या गरेकाे तथ्यांक पनि जिल्ला प्रहरी कार्यलयले सार्वजानिक गरेकाे थियाे।

मित्र राष्ट्र भारतसंग लिपुलेक ,लिपुधारा ,कालापानीकाे सिमा विवाद चर्किएकाे छ ,यसकाे समाधान हुन्छ कि यसले विकराल रूप लिन्छ ?नाकाबन्दी गर्ने बजार हल्ला पनि छ यस विषयमा तपाईकाे बुझाई?

• छोटी मुख बढि बात भन्ने उखानै छ। यस बिषयमा दुबै देशको परराष्ट्रबिद् हरूको आधिकारिक धारणा सार्वजनिक नभएको कारण अहिले बोलिहाल्न उपयुक्त नहोला।

स्थानिय सरकारकाे ३ वर्ष पूरा भयाे ,बाकी २ वर्ष छ ,तपाईलाई स्थानिय सरकारकाे नेतृत्व या अन्य अवसर अायाे भने कुन तहको नेतृत्व वहन गर्नुहुन्छ ?

• आज हाम्रो जिल्लाको अधिकांस नेताहरूको बारेमा थोरै चर्चा गर्न उपयुक्त होला। धेरै जसो केन्द्रीय र जिल्लाका नेताज्यूहरूको आफ्नै स्थानीय निकायमा आफ्नो पक्षमा जनमत कस्तो छ त्यस्को स्वमुल्याङ्कन कसैले गरेको जस्तो लाग्दैन। तसर्थ पहिले आफ्नो जन्मभूमिमा जनमत राम्रो हुनुपर्छ जस्तो लाग्छ। जहाँ सम्म नेतृत्व गर्ने प्रश्न छ । म केही समय आफ्नो पेशा व्यवसायमा लाग्नु जरूरी छ किनभने आर्थिक पक्ष मजबुत भएर मात्र कुन तहको नेतृत्व गर्ने भन्ने सोचनीय हुन्छ। भ्रष्टाचार गर्नु भनेको काट्टो खानु बराबर हो ,आफ्नै आमालाई हिंसा गर्नु बराबर हो भन्ने आदर्शबाट प्रेरित हामि युवाले सामान्य जिविकोपार्जन गर्न सक्षम भयपछि मात्र नेतृत्वको बिषयमा रहर गर्नु पर्छ जस्तो लाग्छ। अन्यथा अहिलेको नेतृत्वको जस्तो आलोचित र अनुत्तरित भयर बस्नु पर्छ।

भावि याेजना ?

• मैले अगाडिको प्रश्नमा समेटेको छु। हरेक नागरिकले जन्मभुमिको कर्जा चुक्ता गर्नु पर्छ त्यो मेरो पनि जिम्मेवार हो। अतः ५ देखि ७ बर्ष सम्म मैले आफ्नो आर्थिक पक्ष लाई मजबुत बनाउन सकृय हुनुपर्छ र त्यसपछि जनतको आधारमा प्राप्त भुमिकालाई निर्वाह गर्नु पर्छ। भुमिका निर्वाह गर्दा भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सक्नु पर्दछ अथवा आफु गलत कार्यमा संलग्न किमार्थ हुनुहुदैन भन्ने हो ।

अन्त्यमा?

• मेरो गाउँ काभ्रेको वेथानचोक गाउँपालिका सुखि,समृद्ध र उन्नत समाज निर्माण भएको हेर्न मन छ।याे लकडाउनकाे सदुपयोग गर्न मेरा केही कुरा राख्ने अवसर प्रदान गरिदिनु भएकाेमा राजेश भाइ र खबर न्युज नेपाल परिवारलाई हार्दिक धन्यवाद
काेराेना महामारी दिनदिनै बढ्दै छ ,आफु पनि सुरक्षित बसाै अरूलाई पनि सुरक्षित राखाै ।

जय वेथानचोक नारायण।
जयनेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *