भीमफेदी-कुलेखानी सडकखण्डको देउरालीमा गुडिरहेको जिप पहिरोमा पुरियो
७ आश्विन २०७७, बुधबार
काठमाडौं । मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डको देउरालीमा गुडिरहेको एउटा जिप पहिरोमा पुरिएको छ ।
जिप ठूलाठूला ढुंगाहरुको बिचमा च्यापिएकोले उद्धारमा कठिनाई भएको छ ।
काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कर्पियो जिप आज बिहान १० बजेतिर पहिरोमा पुरिएको हो ।
जिप चालक अचेत देखिएको घटनास्थलमा खटिएका प्रहरीले जनाएका छन् । जिपमा कति यात्रु थिए भन्ने यकिन भएको छैन
इन्द्रसरोवर गाउँपालिका–२, देउरालीमा सडकमा गुडिरहेको अवस्थामा एक्कासि माथिबाट पहिरो खस्दा जिप पुरिएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय भिमफेदी र स्थानियवासिन्दाको सहयोगमा अहिले उद्वार कार्य भईरहेको छ ।
M | T | W | T | F | S | S |
---|---|---|---|---|---|---|
1 | ||||||
2 | 3 | 4 | 5 | 6 | 7 | 8 |
9 | 10 | 11 | 12 | 13 | 14 | 15 |
16 | 17 | 18 | 19 | 20 | 21 | 22 |
23 | 24 | 25 | 26 | 27 | 28 | 29 |
30 | 31 |